१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको महाधिवेशन: महिला आरक्षण कोटाबाट ९ जना केन्द्रीय सदस्य निर्वाचित



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महिला आरक्षण कोटाबाट ९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।महिलातर्फको केन्द्रीय सदस्य ९ पदका लागि ३० जनाले उम्मेदवारी दिएका थिए ।

सोमबार साँझ सकिएको मतगणना अनुसार डिला संग्रौला पन्तले सबैभन्दा धेरै २८८५ मत प्राप्त गर्नुभएको छ । यसैगरी पुष्पा भुसालले २७१८, आरजु राणा देउवाले २५३६, अम्बिका बस्नेतले २३३९, ईश्वरी न्यौपानेले २२५९ मत ल्याएर बिजयी हुनु भएको छ ।

यसैगरी   सरिता प्रसाईंले २०९६, रमा कोइराला पौडेल १८५८, सुशीला ढकाल आचार्य १८०४ र रंगमती शाही १७८९ मत ल्याएर निर्वाचित हुनु भएको छ ।