२२ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरको टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित



अ+ अ-

काठमाडाैँ । मकवानपुरको थाहा नगरपालिका–११ टिस्टुङमा शनिबार सञ्चालित स्वास्थ्य शिविरबाट ४७७ लाभान्वित भएका छन् ।

रोटरी क्लब अफ काठमाडौँ–वेष्ट, रोटरी स्याटेलाइट क्लब अफ काठमाडौँ वेष्ट र शान्ति सेवागृह क्लिनिक तथा रिह्याबिटेसन सेन्टरको संयुक्त आयोजनामा भएको शिविरमा दाँतको उपचार, एक्स–रे, आँखा जाँच तथा फिजियोथेरापीलगायत विशेषज्ञ सेवा प्रदान गरिएको थियो ।

चिकित्सकले आवश्यकताअनुसार बालबालिकालाई लिटो, झूल, दन्तमञ्जन र चस्मा पनि निःशुल्क वितरण गरेका थिए । ती सामाजिक संस्थाले थाहा नगरपालिका–१० स्थित नाटेश्वर माध्यमिक विद्यालय, टौखेलका बालबालिकाका लागि आठ थान कम्प्युटर प्रदान गरेका छन् । वातावरणीय सन्तुलन र हरियाली प्रवद्र्धनका लागि थाहा नगरपालिका–१२ मा ४०० बिरुवा पनि रोपिएका छन् ।