२२ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगन्जमा विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान



अ+ अ-

काठमाडौँ। वीरगन्ज र आसपासका क्षेत्रमा विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान भएको छ ।

अत्यधिक गर्मीको समयमा नागरिकले भोग्नुपरेको समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले आवश्यक पहल गरेको जनाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वीरगन्जमा देखिएको विद्युत् आपूर्तिको समस्या समाधान भएको जानकारी दिनुभएको छ ।

“अत्यधिक गर्मीको समयमा नागरिकले भोग्नुपरेको असुविधाप्रति हामी संवेदनशील छौँ । छपकैया क्षेत्रमा ३३ केभी भूमिगत केबलमा आएको प्राविधिक समस्याका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको थियो”, उहाँले भन्नुभयो । नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीहरू तत्काल परिचालन भई रात दिन खटिएर समस्या पहिचान तथा समाधान गर्न सफल भएका छन् ।”

प्राधिकरणको मधेस प्रादेशिक कार्यालयले दीर्घकालीन रूपमा समस्या समाधानका लागि वैकल्पिक ३३ केभी ओभरहेड लाइन निर्माण गरी दुईवटा स्रोतबाट विद्युत् आपूर्ति हुने व्यवस्था गरिएको जनाएको छ ।

अत्यधिक गर्मीका कारण लाइन ट्रिप हुने तथा भोल्टेजमा समस्या आउँदा वीरगन्ज र आसपासको क्षेत्रमा विद्युत् अवरुद्ध हुँदै आएको थियो । रासस