२२ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दैः युनेस्को



अ+ अ-

फ्रान्स। संयुक्त राष्ट्रसङ्घले बाइबलीय साइट, लेबनानी महल, एन्टिलोप माइग्रेसन मार्गलगायत युद्ध वा जलवायु परिवर्तनका कारण खतरामा परेको विश्वका स्थानको रूपमा सूचीबद्ध गर्ने तयारी गरेको जनाइएको छ ।

संयुक्त राष्टसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का १९६ सदस्य राष्ट्रले दक्षिण कोरियाको बुसानमा भेला हुँदा आगामी हप्ता शुक्रबार देखि यसको विश्व सम्पदा र खतरामा रहेको विश्व सम्पदा सूचीमा नयाँ थपका लागि मतदान गर्ने छन् ।

युनेस्कोको विश्व सम्पदा केन्द्रका निर्देशक लाजारे एलोन्डो असोमोलाई उदृत गर्दै यी स्थान महत्त्वपूर्ण भएकाले तिनीहरूको विनाश रोक्नका लागि आवाश्यक कार्य गर्ने तयारी भएको जनाएको छ ।

सम्पदाको सुरक्षाले आघातमा परेका समुदाय, द्वन्द्वका सिकारलाई फिर्ता आउन र पुनर्निर्माण गर्न अनुमति दिएको उहाँले बताउनु भएको छ हालसम्म विश्वभरका करिब एक हजार २०० स्थान युनेस्को विश्व सम्पदा सुचिमा सूचीबद्ध छन् । खतराको सुचिमा रहेका तीन वटा स्थानको सूचीमा सिधैँ मतदान हुने अपेक्षा गरिएको छ ।

यसमा वेस्ट ब्याङ्कको इजरायली-अधिकृत प्यालेस्टिनी क्षेत्रमा बाइबलीय सामरियाका रूपमा पहिचान गरिएको सेबेस्टियाको पुरातात्विक स्थल समावेश हुने आकलन गरिएको छ ।

साथै दक्षिण लेबनानमा पाँच वटा महललाई प्राथमिकता दिइने जनाइएको छ । युनेस्कोका सदस्यले दक्षिण सुडानको बोमा-बाडिडिलो घाँसे मैदान र वुडल्याण्ड सवान्नाहलाई युद्ध र जलवायु परिवर्तन दुवैबाट खतरामा परेको रूपमा सिधैँ सूचीबद्ध गर्न मतदान गर्ने जनाइएको छ ।

प्रदूषण, सामूहिक पर्यटन, र कम पानीको स्तरबाट हुने क्षति रोक्न सङ्घर्ष गरिरहेको रूसमा अवस्थि, विश्वको सबैभन्दा गहिरो ताल-बैकाल ताल-पनि खतरामा पर्ने सक्ने अधिकारीले बताएका छन् ।यसै गरी ब्राजिलको अमेजन जङ्गल र ट्युनिसियाको सिदी बोउ सइद गाउँमा बनेका दुई वटा थिएटर पनि सूचीबद्ध हुने सम्भावना रहेको जनाइएको छ । रासस/एएफपी