२ श्रावण २०८३, शनिबार
,
Latest
उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार मनसुन सक्रिय भएसँगै उपत्यकामा डुबानको जोखिम १५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रयासमा शिक्षामन्त्री वाणिज्य विभागद्वारा गैरकानुनी रूपमा ‘फुटवेयर’को व्यापार नगर्न आह्वान झापामा विपद्का घटनामा २२ करोडभन्दा बढीको क्षति श्रीलंकाले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने तेल तथा ऊर्जा क्षेत्रको विकासका लागि इराकले अमेरिकासँग गर्यो ४८ सम्झौता द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दैः युनेस्को कुसुण्डा समुदायको सशक्तीकरणका लागि एकीकृत कार्ययोजना बनाउन सिफारिस जयन्दु बालसुधार गृहमा वृक्षरोपण
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायको माग गर्दै निहारिका राजपुत र बिनु यादवद्वारा सिंहदरबार अगाडि घण्टी बजाएर विरोध



अ+ अ-

काठमाडौँ। निहारिका राजपुत र बिनु यादवले शनिवार सिंहदरबारको दक्षिण गेट अगाडि धर्ना दिएका छन् ।

गृहमन्त्री सुधन गुरुङसुँग आफ्ना समस्या अवगत गराउन खोज्दा अवरोध भएको भन्दै उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिन्ह ‘घण्टी’ बजाएर प्रतीकात्मक विरोध जनाएका हुन् ।

प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै निहारिका राजपुतले पत्रकार र मेयर हुँदा आफ्नो मुद्दामा साथ दिएका रवि लामिछाने र बालेन्द्र साह अहिले सत्ता र शक्तिमा पुगेपछि मौन रहेको आरोप लगाउनु भयो ।

पीडितहरूले सिंहदरबार प्रवेशका लागि पास भएपनि प्रहरीले भित्र जान नदिएको र करिव चार घण्टासम्म बाहिरै कुराएको गुनासो गरे । धर्नाका क्रममा प्रहरीसँगको घर्षणमा आफ्ना लुगा च्यातिएको र शारीरिक चोट समेत लागेको उनीहरूको दाबी छ ।

निहारिकाले आफ्नो बलात्कारपछि जन्मिएको बच्चाको डिएनए परीक्षण, मिलापत्र स्वरूप भएको विवाह र त्यसपछि भोग्नु परेको घरेलु हिंसाका बारेमा उल्लेख गर्दै नयाँ सरकारबाट राखेको अपेक्षा निराशामा बदलिएको बताउनु भयो ।

उनीहरूले गृहमन्त्रीले आफूहरूलाई बेवास्ता गर्दै पाँच वर्षीय बालकलाई समेत नाघेर गएको भन्दै आक्रोश व्यक्त गरे । आफ्ना मागहरूको उचित सम्बोधन र अनुसन्धान प्रक्रिया अघि नबढेसम्म आन्दोलन जारी राख्ने उनीहरूले चेतावनी दिएका छन् । –न्युज एजेन्सी नेपाल