२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन



अ+ अ-

जनकपुरधाम। मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको ७० प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार गत आवमा रु ३२ अर्ब ८८ करोड ६० लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । जसमध्ये आन्तरिक राजस्व सङ्कलन रु पाँच अर्ब ७६ करोड ५६ लाख २४ हजार रहेको अर्थमन्त्रालयका तथ्याङ्क अधिकृत राजेन्द्र आचार्यले जानकारी दिनुभयो ।

प्रदेश सरकारले घरजग्गा रजिष्ट्रेशनबाट रु एक अर्ब ७७ करोड ९५ लाख २२ हजार र सवारीसाधन करबाट रु दुई अर्ब २७ करोड ८० लाख ९७ हजार राजस्व सङ्कलन गरेको छ । गत आवमा सवारीचालक अनुमतिपत्र वितरण तथा सवारी दर्ता दस्तुरबाट रु ७९ करोड ५६ लाख २९ हजार, यातायात क्षेत्रको आम्दानीबाट रु १२ करोड ६३ लाख ९२ हजार, दहत्तर बहत्तरको बिक्रीबाट रु २० करोड १५ लाख ७३ हजार राजस्व सङ्कलन भएको छ ।

प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत रु आठ अर्ब ८६ करोड ८५ लाख छ हजार, अन्तःशुल्क करबापत रु तीन अर्ब २० करोड ४३ लाख ९१ हजार प्राप्त गरेको छ ।

त्यसैगरी सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत रु सात अर्ब छ करोड १६ लाख ७८ हजार, सशर्त अनुदान चालुतर्फ रु दुई अर्ब १७ करोड २७ लाख ७२ हजार, सशर्त पुँजीगततर्फ रु एक अर्ब ५६ करोड ३० लाख ४० हजार प्राप्त भएको तथ्याङ्क अधिकृत आचार्यले बताउनुभयो ।

आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा आएको कमी, गत भदौ २३ र २४ गते भएको जेजनी आन्दोलनका क्रममा प्रदेश सरकारको राजस्व सङ्कलन गर्ने विभिन्न निकायमा पुगेको क्षतिलगायत कारणले अपेक्षाकृत  राजस्व सङ्कलन हुन नसकेको अर्थमन्त्रालयका सूचना अधिकारी अंशकुमार झाको भनाइ छ ।