२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु



अ+ अ-

काठमाडौँ। टिपरको ठक्करबाट एक जना पैदलयात्रीको आज मृत्यु भएको छ ।

मोरङको केराबारी गाउँपालिका-५ की ७० वर्षीया विष्णुमाया मगरको आज बिहान टिपरको ठक्करबाट मृत्यु भएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार केराबारी गाउँपालिका-५ शान्ति चोकस्थित सडकमा केराबारीबाट धरानतर्फ जाँदै गरेको को१ख ६७९० नम्बरको टिपरको ठक्करबाट पैदलयात्री मगरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएकी मगरको घोपा धरान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्यसैगरी, सुनसरीको इनरूवा नगरपालिका-८ खोरियाटोलस्थित पुथौधारा खोलामा डुबेर सोही ठाउँका उपेन्द्र साहको छोरा १४ वर्षीय कृष्ण साहको आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । रासस