१ श्रावण २०८३, शुक्रबार
,
Latest
तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा छ जना मनोनित नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो राष्ट्र बैंकलाई आधुनिक र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री डा. वाग्ले राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि अर्थ समितिमा छलफलः स्वायत्तता, समावेशिता र संरचनागत सुधारमा सांसदहरूको जोड युवा ऐन संशोधन विधेयकमा सरोकारवालासँग छलफल, विश्व अभ्यास र नेपाली अनुभव समेटिने पाैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा नेपालमा भिलको विस्तार: प्रविधिमार्फत क्रिएटर र ब्रान्डलाई जोड्दै ओलीको आरोपः सरकारले कानून उल्लंघन र अराजकताको नेतृत्व गरिरहेको छ स्वदेशी जुत्ता–चप्पल उद्योग प्रवर्द्धनमा सरकारको प्रतिबद्धता, नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री शाहको घोषणा वित्तीय क्षेत्रको सुशासनका लागि राष्ट्र बैंक ऐन संशोधन अपरिहार्यः अर्थ सचिव उपाध्याय
तपाईं के खोज्दै हुनुहुन्छ ?

युगान्डामा स्कुल बस दुर्घटना, २१ जनाको मृत्यु



अ+ अ-

काठमाडाैँ । पूर्वी युगान्डामा स्कुल बस दुर्घटना हुँदा २० जना स्कुले बालबालिका सहित कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले शुक्रबार जनाएको छ ।

ट्राफिक र सडक सुरक्षा निर्देशनालयका प्रवक्ता माइकल कानानुराले विज्ञप्ति जारी गर्दै युगान्डाको राजधानी कम्पालाको किङ डेभिड जुनियर स्कुलका विद्यार्थी बोकेको बस काप्चोर्वा जिल्लाको चेकवाटित गाउँमा दुर्घटना भएको बताउनुभएको छ । प्रारम्भिक अनुसन्धानले विद्यार्थीलाई कप्चोर्वाको सिपी फल्सको शैक्षिक भ्रमणमा लगिएको अवस्थामा दुर्घटना भएको जनाइएको छ ।

भ्रमणबाट फर्कने क्रममा ड्राइभरले गाडीको नियन्त्रण गुमाउदा गाडी सडकबाट चिप्लिएर सडक किनारको ठूलो ढुङ्गामा ठोक्किदा भएको दुर्घटनामा ठुलो मावविय क्षति भएको कानानुराले पुष्टि गर्नु भएको छ । दुर्घटनाको वास्तविक कारण बारे थाहा पाउनको लागि प्रहरीले अनुसन्धान सुरु गरिसकेको बताइएको छ ।