१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालको शय्याबाट गर्जिए ज्ञानेन्द्र शाही, बोल्न नपाउने कस्तो लोकतन्त्र



अ+ अ-

काठमाडौं । आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले विना हातहतियार घुम्न, डुल्न र बोल्न नपाउने कस्तो लोकतन्त्र भन्दै अस्पतालको शैयाबाट प्रश्न गरेका छन् । शनिवार चितवनमा आफूलाई मार्ने अभिप्रयाले ढुङ्गामुडा र आक्रमण भएको बताएका छन् ।

नेकपा निकट कार्यकर्ताको आक्रमणमा परि टाउकोमा गहिरो चोट लागेका शाही केही दिन अस्पतालमै बस्नुपर्ने अवस्था रहेको नेपालका लागि नेपाली अभियानका डा. सुरेन्द्र भण्डारीले जानकारी दिए । उनले आफ्नो उपचार खर्चका लागि पहल गरिदिन समेत आग्रह गरेका छन् ।