७ असार २०८३, आईतवार
,
Latest
बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा रास्वपा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि : बाबुराम भट्टराई रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भनेः सत्य र न्यायको पक्षमा दृढ रहनु रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई तिहाइको आडमा सरकार निरङ्कुश बन्दै : पौडेल



अ+ अ-

भक्तपुर । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस भक्तपुर क्षेत्र नं १ ले आज दुवाकोटमा आज आयोजना गरेको प्रजातन्त्र सेनानी स्व जानकीप्रसाद कुइँकेलको स्मृति दिवस एवं चियापान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउँदै नेता पौडेलले दुई तिहाइको आडमा सरकार निरङ्कुश बन्दै जान लागेको छ भन्नुभयो । काङ्ग्रेस पार्टीलाई व्यक्तिवादी, चाटुकारी र भक्तिवादी प्रवृत्तिबाट माथि उठाएर एक ढिक्का बनाई जनताको आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिँदै उहाँले भक्तपुरलगायत देशका विभिन्न भागमा हुने आगामी उपनिर्वाचनमा नेपाली काङ्ग्रेसलाई विजयी बनाउन पार्टीका कार्यकर्ता एक ढिक्का भएर लाग्नुपर्नेमा सुझाब दिनुभयो । वर्तमान सरकारका गलत कामको विरोध गर्नुपर्ने बेलामा काङ्ग्रेस आन्तरिक कलहबाट बाहिर निस्कन नसकेको उहाँको गुनासो थियो ।

कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेलले पार्टीलाई एक ढिक्का पार्दै जनसमुदायमा घुलमिल गराउनुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा काङ्ग्रेस नेता कञ्चनचन्द्र बादे, लोकेश ढकाल, नेपाली काङ्ग्रेसका जिल्ला सभापति दुर्लभ थापा, तरुण दलका पूर्वध्यक्ष विनोद कायस्थ, तरुण दलका उपाध्यक्ष उत्तम चापागाईं, क्षेत्र नं १ का पार्टी सभापति जीवन खत्री, सचिव उद्धव खड्कालगायतले स्व कुइँकेलले पार्टी र देशका लागि पुर्याउनुभएको योगदानको चर्चा गर्दै काङ्ग्रेसले गुटउपगुट त्यागेर एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।




भर्खरै