७ असार २०८३, आईतवार
,
Latest
अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यात्रुका लागि चालक भगवान् हुन् : प्रहरी महानिरीक्षक खनाल



अ+ अ-

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकभरको ट्राफिक व्यवस्थापनमा सरकार सचेत रहेको बताउनुभएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज यहाँ आयोजना गरेको ‘सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना’ कार्यक्रममा उहाँले मुलुकको यातायात क्षेत्रको सुधारमा सबैको समान दायित्व र जिम्मेवारी रहेको बताउनुभएको हो ।

“वर्तमान सरकार ट्राफिक सुधारका लागि सचेत छ तर नेपाल प्रहरी एक्लैले सुधार गर्न सक्दैन, यसमा सबैको साथ र सहयोग आवश्यक छ,” उहाँले भन्नुभयो । महानिरीक्षक खनालले बिरामीका लागि चिकित्सक भगवान् भएजस्तै यात्रुका लागि चालक पनि भगवान् नै भएकाले चाडपर्वका समयमा सबैलाई सुरक्षित स्थानसम्म पुर्याउन सम्पूर्ण चालकलाई आग्रहसमेत गर्नुभयो ।

ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनीयर दीपक कुँवरले नयाँ बसपार्कलाई अन्तर्राष्ट्रिय स्तरको बसपार्क बनाउन आफ्नो संस्था लागिपरेको बताउनुभयो । “बसपार्कभित्रको ९० प्रतिशत बेथिति हटिसकेको छ, बाँकी बेथिति हटाउन सबैको सहकार्य आवश्यक छ,” उहाँले भन्नुभयो, “आगामी दिनमा अनलाइन टिकटबाट यात्रा गर्न मिल्ने प्रक्रियाको थालनी गरिने छ।”

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले ट्राफिक व्यवस्थापनमा ट्राफिकले मात्र केही गर्न नसक्ने भन्दै सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

यसैबीच महाशाखाले विगत दुई दशकदेखि देशका विभिन्न भागमा सुरक्षित यात्रा गराउने सात प्रदेशका सात चालकलाई नगदसहित सम्मान गरेको थियो । सोही अवसरमा नेपालका राष्ट्रिय कलाकार बद्री पङ्गेनी, राधिका हमाललगायतले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।




भर्खरै