१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन मेडिकल कलेजलाई २४ घण्टे अल्टिमेटम



अ+ अ-

चितवन । विद्यार्थी तथा अभिभावकले चितवन मेडिकल कलेजलाई बढी लिएको शुल्क फिर्ता गर्न २४ घन्टे अल्टिमेटम दिएका छन्। यसअघि कलेजले एक महिनाभित्र विद्यार्थीहरुलाई बढी लिइएको शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएको थियो।

मेडीकल कलेजले फिर्ता गर्नुपर्ने मिति असोज १० गते तोकिए पनि अझै फिर्ता गर्न आनाकानी गरेपछि विद्यार्थी र अभिभावकले २४ घण्टे अल्टिमेटम दिएका हुन्। १० गतेसम्म विद्यार्थीहरुलाई कलेजले लिएको शुल्कको भर्पाइ दिनेगरी पूर्ण प्रतिवेदन बनाउने सहमति भएको थियो।

सोमबार बिहान ११ बजेसम्म विद्यार्थीहरुलाई भर्पाइ दिने काम नभएमा चितवन मेडिकल कलेज अस्पतालको गेटमा विद्यार्थी, अभिभावक र नागरिक सम्मिलित बृहत विरोध कार्यक्रम सुरु हुने विद्यार्थीहरुले बताएका छन्।