१ श्रावण २०८३, शुक्रबार
,
Latest
रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो कार्यकालको अन्तिम चरणमा प्रदेश सरकार फेरबदलप्रति नेता भट्टराईको असन्तुष्टि मिटरब्याज पीडित र सरकारबीच आजै सम्झौता हुने तयारी, अन्तिम चरणको वार्ता सिंहदरबारमा स्वदेशी जुत्ता उद्योगका समस्या र प्रवर्द्धनबारे प्रधानमन्त्री शाहले जुत्ता उत्पादक सङ्घसँग छलफल गर्दै बागमती प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार साउने संक्रान्ति र सिसेःक्पा तङ्नामले लोकतन्त्र, सामाजिक न्याय र समृद्धिको प्रेरणा दिन्छ : भीष्मराज आङदेम्बे सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग विकासमैत्री कानून र वन ऐन संशोधनमा इप्पानको जोडः १९ हजार मेगावाटका आयोजना प्रभावित भएको दाबी विद्युतीय पूर्वाधार विकास र ऊर्जा व्यापारमा सरकारको प्राथमिकताः आगामी १० वर्षभित्र प्रतिव्यक्ति खपत १५ सय… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकासमैत्री कानून र वन ऐन संशोधनमा इप्पानको जोडः १९ हजार मेगावाटका आयोजना प्रभावित भएको दाबी



अ+ अ-

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि विद्यमान झन्झटिला वन ऐन र नियमावलीहरू संशोधन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष डाँगीले यस्तो बताउनुभएको हो । अध्यक्ष डाँगीले वन तथा वातावरण मन्त्रालयअन्तर्गतका विभिन्न निकायहरूका कारण ऊर्जा क्षेत्र मात्र नभई समग्र पूर्वाधार विकास नै ठुलो समस्यामा परेको बताउनु भयो ।

नेपालको कुल क्षेत्रफलको झन्डै ७५ प्रतिशत भूभाग वन, हिमाली क्षेत्र, आरक्षण र संरक्षण क्षेत्रले ओगटेका कारण विकास निर्माणका कार्यहरू सङ्कुचित बन्दै गएको उहाँको भनाइ छ ।

उहाँकाअनुसार वन र वातावरणसम्बन्धी कानूनी जटिलताका कारण झन्डै १९ हजार मेगावाट क्षमताका आयोजनाहरू प्रत्यक्ष प्रभावित भएका छन् । अहिलेको सरकार दुई–तिहाइ नजिकको शक्तिमा रहेकाले विकासविरोधी पुराना ऐन, नियम र निर्देशिका सजिलै परिमार्जन गर्नसक्ने भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो ।

राजनीतिक दलहरूले निर्वाचनका समयमा आफ्ना घोषणापत्रमा गरेका प्रतिवद्धता मात्र पूरा गरिदिए पनि ऊर्जा क्षेत्रका धेरै समस्या समाधान हुने उहाँको तर्क छ । ऊर्जा क्षेत्रका अन्य चुनौतीहरूका बारेमा चर्चा गर्दै अध्यक्ष डाँगीले निजी क्षेत्रले अझै पनि आठवटा मन्त्रालय, २४ वटा विभाग र २ सय भन्दा बढी टेबलमा धाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो ।

जग्गा प्राप्ति, मुआब्जा वितरण, बहुनिकाय समन्वयको अभाव र प्राविधिक जनशक्तिको कमीले प्रशारण लाइन निर्माणमा ढिलाइ भइरहेको उहाँले बताउनु भयो । वर्षाको समयमा उत्पादित पूर्ण क्षमताको विद्युत नेपाल विद्युत प्राधिकरणले खरिद नगर्दा निजी क्षेत्रले क्षति व्यहोर्नुपरेको विषय पनि उहाँले उठाउनु भयो । चुनौतीका बाबजुद सरकारले पछिल्लो समय चालेका केही कदमहरू सकारात्मक रहेको डाँगीले स्वीकार गर्नुभयो । प्रशारण लाइन निर्माणमा निजी क्षेत्रलाई अनुमति दिने, विद्युत व्यापारको लाइसेन्स प्रदान गर्ने र प्रसारण गुरुयोजना कार्यान्वयनको चरणमा हुनुलाई उहाँले प्रशंसनीय कदम भएको उहाँको जिकिर छ ।

अध्यक्ष डाँगीले भन्नुभयो, ‘चिनियाँ कम्पनीहरूले भारतमा पनि टेण्डरमा सहभागी हुन पाउने भन्ने पछिल्लो समाचार ऊर्जा क्षेत्रका लागि सकारात्मक संकेत हो । हालसम्म भारततर्फ निर्यातमा चिनियाँ लगानी भएका आयोजना नभई चिनियाँ ठेकेदारले निर्माण गरेका आयोजना मात्र सिमित भएका छन् । उदाहरणका रूपमा माथिल्लो तामाकोशी आयोजनामा चिनियाँ कम्पनी सिभिल ठेकेदार मात्र थियो, लगानीकर्ता होइन । त्यसैले हाल गरिएको ४५६ मेगावाट क्षमताको विद्युत निर्यातका लागि क्यापासिटी बुकिङबाट ती आयोजनाले प्राथमिकता पाऊन् भन्ने शुभकामना व्यक्त गर्दछु । आज चुनौतीका विषय धेरै उठिसकेका छन् । नेपाल विद्युत प्राधिकरणले नै विभिन्न समस्या सामना गरिरहेको अवस्थामा निजी क्षेत्रका समस्या अझ जटिल छन् । तथापि, आज म समस्याभन्दा पनि सरकारका केही सकारात्मक पहल र अबको बाटोबारे संक्षेपमा कुरा गर्न चाहन्छु । निजी क्षेत्रलाई प्रशारण लाइन निर्माणको अनुमति दिने, विद्युत व्यापार (ट्रेडिङ) लाइसेन्सको व्यवस्था गर्ने, प्रशारण गुरुयोजना कार्यान्वयनमा लैजाने, सीमापार प्रशारण पूर्वाधार विस्तार गर्ने तथा प्रशारण लाइन र ग्रिड सुदृढीकरणका लागि ठूलो बजेट विनियोजन गर्नु सरकारका सकारात्मक कदम हुन् । विशेषगरी प्रशारण पूर्वाधारका लागि करिव ७० अर्ब रुपैयाँ छुट्याइनु स्वागतयोग्य छ । यद्यपि, प्रशारण लाइन निर्माणमा ढिलाइ, जग्गा प्राप्ति तथा मुआब्जा, वन तथा वातावरणीय स्वीकृतिमा हुने विलम्ब, बहुनिकाय समन्वयको अभाव, लगानी तथा वित्तीय जोखिम, उत्पादन र प्रशारणबीचको असन्तुलन, सीमापार पूर्वाधारको अपर्याप्तता तथा प्राविधिक जनशक्तिको कमी अझै प्रमुख चुनौतीका रूपमा रहेका छन् । यी सबैमध्ये सबैभन्दा ठूलो समस्या वन तथा वातावरणसम्बन्धी कानूनी जटिलता हो । वन, निकुञ्ज, संरक्षण क्षेत्र र आरक्षसँग सम्बन्धित प्रक्रियाका कारण करिब १९ हजार मेगावाट क्षमताका आयोजना प्रभावित भएका छन् । सरकारले अनुमति दिएको आयोजना समेत सम्बन्धित निकायबाट स्वीकृति नपाउँदा अध्ययन र निर्माण कार्य रोकिएका उदाहरण प्रशस्तै छन् । यसले ऊर्जा क्षेत्र मात्र होइन, समग्र पूर्वाधार विकासलाई असर पु¥याएको छ । त्यसैले विकासमा बाधा पु¥याउने ऐन, नियम र कार्यविधिलाई विकासमैत्री बनाउँदै आवश्यक कानूनी सुधार गर्नु आजको प्रमुख आवश्यकता हो । वर्तमान सरकारले यस दिशामा आवश्यक निर्णय र कानूनी सुधार गरी ऊर्जा तथा पूर्वाधार विकासको मार्ग सहज बनाउने विश्वास लिएको छु । हाल भएको क्यापासिटी बुकिङले वर्षायाममा खेर जाने करिव एक हजार मेगावाट विद्युतको समस्यालाई केही हदसम्म समाधान गर्ने आधार तयार गरेको छ । अब सम्बन्धित आयोजनाको शिघ्र छनोट भई नेपालको विद्युत निर्यात थप विस्तार हुने अपेक्षा व्यक्त गर्दछु ।’

अध्यक्ष डाँगीले सरकारले यस वर्ष प्रशारण लाइनका लागि ७० अर्ब रुपैयाँ बजेट विनियोजन गर्नु र भारतसँग अन्तरदेशीय प्रशारण विस्तार हुनुलाई उहाँले ऊर्जा क्षेत्रको सुखद् पक्ष मान्नुभएको छ । साथै, चिनियाँ कम्पनीहरूले भारतमा टेण्डर लड्न पाउने भन्ने समाचारहरूले निर्यातको क्षेत्रमा थप उत्साह जगाएको उहाँले बताउनु भयो ।

गत वर्षायाममा झन्डै एक हजार मेगावाट विद्युत खेर जाने अवस्थाबाट राहत मिलेको र ४५६ मेगावाटको क्षमता बुकिङ हुनुले भविष्यमा विद्युत निर्यातको बाटो थप प्रशस्त हुने उहाँको विश्वास छ । –न्युज एजेन्सी नेपाल