३२ असार २०८३, बिहीबार
,
Latest
प्रशासकीय अदालतमा सबैभन्दा बढी सेवा सुविधासम्बन्धी मुद्दा बादी समुदायका ८४ विद्यार्थीलाई एक वर्षको भर्ना शुल्क सहयोग रोजगारीको ग्यारेन्टी नहुने तालिम सञ्चालन नगर्न श्रममन्त्रीको निर्देशन, न्युनतम पारिश्रमिक वैज्ञानिक बनाइने भ्रष्टाचार मुद्दामा सुनिल पौडेल दोषी ठहर, साढे ८ वर्ष कैद र रु. १ करोड ५४… सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी अमेरिका–इरान वार्ता पुनः सुरु गर्न पाकिस्तानको आग्रह प्रधानमन्त्री शाह र राप्रपा अध्यक्ष लिङदेनबीच समसामयिक राजनीतिक विषयमा छलफल वैदेशिक रोजगार कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्रा सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु, सात जना घाइते लागुऔषधसहित २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री शाह र राप्रपा अध्यक्ष लिङदेनबीच समसामयिक राजनीतिक विषयमा छलफल



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ।

भेटमा समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था तथा राष्ट्रिय हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा राप्रपा अध्यक्ष लिङदेनसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ तथा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुस्बु ओली पनि सहभागी हुनुहुन्छ।

प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताबीच भएको यो भेटलाई पछिल्लो राजनीतिक परिस्थिति र समसामयिक विषयमा साझा धारणा निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ। बैठकका निर्णय वा निष्कर्षबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।