४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मन्त्री यादव र अमेरिकी कार्यबाहक राजदुतबिच भेटवार्ता,अमेरिकासँग व्यापार सहुलियत निरन्तरताका लागि नेपालको आग्रह

मन्त्री यादव र अमेरिकी कार्यबाहक राजदुतबिच भेटवार्ता,अमेरिकासँग व्यापार सहुलियत निरन्तरताका लागि नेपालको आग्रह
अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल–अमेरिका द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन तथा आर्थिक सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा मन्त्री यादवले सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा तथा आर्थिक विकासमा पुर्‍याएको सहयोगको प्रशंसा गर्नुभयो। उहाँले अमेरिकामा रहेका नेपाली डायस्पोराले दुई देशबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाएको उल्लेख गर्नुभयो।

मन्त्री यादवले सन् २०१५ देखि लागू भएको नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम को अवधि सन् २०२५ डिसेम्बरमा समाप्त भइसकेको स्मरण गराउँदै नेपाली वस्तुले अमेरिकी बजारमा पुनः सहुलियतपूर्ण पहुँच पाउने व्यवस्था गर्न अमेरिकी सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो।

उहाँले नेपाल–अमेरिका व्यापार तथा लगानी ढाँचा सम्झौता (टिफा) अन्तर्गतको संयन्त्रलाई नियमित संवादमार्फत सक्रिय बनाउँदै द्विपक्षीय व्यापार र लगानी विस्तार गर्नुपर्नेमा पनि जोड दिनुभयो।

नेपाल सरकारले नीतिगत तथा कानुनी सुधारमार्फत लगानीमैत्री वातावरण सुदृढ बनाइरहेको उल्लेख गर्दै मन्त्री यादवले जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग तथा डिजिटल अर्थतन्त्रलगायतका क्षेत्रमा थप अमेरिकी लगानी भित्र्याउन आग्रह गर्नुभयो।

उहाँका अनुसार संयुक्त राज्य अमेरिका हाल नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य हो। नेपालबाट ऊनी गलैँचा, तयारी पोशाक र पश्मिनालगायतका वस्तु अमेरिका निर्यात हुँदै आएका छन्। द्विपक्षीय व्यापारमा नेपालले व्यापार घाटा व्यहोर्नुपरेको उल्लेख गर्दै मन्त्री यादवले प्रविधि हस्तान्तरण र निजी क्षेत्रबीचको साझेदारी विस्तार गर्न सके व्यापार असन्तुलन कम गर्न सकिने धारणा राख्नुभयो।

मन्त्री यादवले उठाएका व्यापार सहुलियतको निरन्तरता, लगानी प्रवर्द्धन तथा व्यापारिक संवादलाई थप सक्रिय बनाउने विषयमा अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले सकारात्मक प्रतिक्रिया दिनुभएको छ। उहाँले नेपालले अघि सारेका प्रस्तावमा अमेरिकी सरकारको तर्फबाट आवश्यक सहयोग र निरन्तर साझेदारी रहने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ।