७ असार २०८३, आईतवार
,
Latest
रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा रास्वपा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि : बाबुराम भट्टराई रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भनेः सत्य र न्यायको पक्षमा दृढ रहनु रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’ सरकारले चालेका कदमहरू विधिसम्मत र संविधान बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिइयोस्ः वर्षमान पुन रास्वपालाई गणतन्त्र र सङ्घीयताप्रति थप स्पष्ट हुन वर्षमान पुनको सुझाव प्रधानमन्त्रीमाथि नेपालमा राजा चाहिन्छ भन्नेको चाहना पूरा गर्ने जिम्मेवारी पनि छः राजेन्द्र लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडासदस्यले आफ्नो पारिश्रमिक रकम विद्यालयलाई सहयोग गरे



अ+ अ-

गलकोट । बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नं ७ का वडासदस्य लोकबहादुर थापाले आफ्नो पारिश्रमिक बापतको रकम विद्यालयलाई सहयोग गरेका छन् । प्रगति आधारभूत विद्यालय मल्म सप्ताहघाटमा अध्यापनरत एक शिक्षकलाई तलब भत्ता उपलब्ध गराउने गरी सहयोग गरेको वडासदस्य थापाले जानकारी दिए ।

सामुदायिक विद्यालयतर्फ पछिल्लो समय उत्कृष्ट बन्दै गइरहेको विद्यालयमा सरकारी दरबन्दीका शिक्षक पर्याप्त नहुँदा र आर्थिक स्रोतको अभावले स्थानीयस्तरमा रहेका शिक्षकलाई तलबभत्ता व्यवस्थापन गर्न समस्या हुँदै आएपछि पारिश्रमिक बापतको रकम सहयोग गर्दै आएका विद्यालयले जनाएको छ ।

थापाको कार्यकालको तलब तथा भत्ताको रुपमा प्राप्त हुने सबै रकम वार्षिकरुपमा विद्यालयलाई एकमुष्ट सहयोग प्राप्त हुँदै आएकोे प्रगति आधारभूत विद्यालय मल्मका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाले बताए । विद्यालयमा अहिले सरकारी दरबन्दीमा १ जना र स्थानीय स्रोतबाट तलब व्यवस्थापन गरी १० जना निजी स्रोतका शिक्षक कार्यरत छन् भने दुई दरबन्दी रिक्त छन् ।

“विद्यालयमा निजी स्रोतबाट शिक्षक राख्दा आर्थिक भार पर्दे आएको छ ।” वडासदस्य थापाले भने, “जनताको सेवकले पारिश्रमिक लिँदा उचित हुँदैन त्यसैले विद्यालयलाई सहयोग गर्दै आएको छु ।” विसं २०४७ मा स्थापना भएको विद्यालयले शैक्षिक सत्र २०६९ देखि अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन हुँदै आएको छ । जनप्रतिनिधि थापाको सहयोगले विद्यालयलाई आर्थिक भार केही कम हुने विद्यालयका प्रधानाध्यापक तुलबहादुर थापाले बताए ।

विद्यालयमा अहिले निजी स्रोतबाटै वार्षिक झण्डै रु १० लाख ६८ हजार शिक्षकको तलबको लागि खर्च हुने गरेको प्रधानाध्यापक थापाको भनाइ छ । जम्मा ११ विद्यार्थी भएपछि २०६८ सालमा एकीकरण हुन लागेको उक्त विद्यालय व्यवस्थापन समिति र स्थानीयको पहलले नयाँ व्यवस्थापनको साथमा अङ्गे्रजी माध्यमबाट पढाइ शुरु गरेपछि विद्यार्र्थी बढेर १२३ जना पुगेका छन् । गण्डकी प्रदेश सरकारले अहिले नगरपालिकाका वडासदस्यलाई मासिक रु १० हजार प्रदान गर्दै आएको छ ।




भर्खरै