२३ भाद्र २०८३, मंगलवार
,
Latest
आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य घट्यो



अ+ अ-

काठमाडौं । नेपाली बजारमा सोमबार ( आज) सुनको मूल्य ओरालो लागेको छ । आइतबार प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार भने २ सय रुपैयाँले घटेर प्रतितोला ७० हजार रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार पनि सुनको भाउ घटेको थियो। आइतबार सुन तोलामा ६ सय रुपैयाँले सस्तो भएको थियो।

त्यस्तै, तेजावी सुन आइतबार ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने प्रतितोला २ सय रुपैयाँले नै घटेर सोमबारका लागि ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ।

सुनको भाउसँगै चाँदीको भाउ पनि केही ओरालो लागेको छ। चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ आइतबारको तुलनामा ५ रुपैयाँले घटेको हो।