७ असार २०८३, आईतवार
,
Latest
फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुंग्री खोलामा बस खस्यो, दुई जनाको मृत्यु



अ+ अ-

रोल्पा । रोल्पाको सुलिचौर बजारमा बस दुर्घटना हुँदा बस चालकसहित २ जनाको ज्यान गएको छ। सुलिचौरबाट सिर्पतर्फ जान लागेको ग१ख ५५७३ नम्बरको बस मोड्ने क्रममा दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा परि बसका चालक रोल्पा लुंग्री गाउपाँलिका-३, सिमगिठेका यामबहादुर घर्तीमगर र अर्का एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएका अर्का व्यक्तिको भने अझै पहिचान खुल्न सकेको छैन।

स्थानियका अनुसार बस सुनिल स्मृति गाउँपालिका-३, रुइनिवाङमा रहेको जीप पार्कबाट २ सय मिटर तल लुंग्री खोलामा खसेको र बसमा यात्रु कम भएकाले ठूलो क्षति नभएको बताइएको छ ।

दुर्घटना भएको सूचना पाउने बित्तिकै इलाका प्रहरी कार्यालय सुलिचौरको टोली र स्थानीयहरुले उद्धारमा खटिएका छन्। उद्धार कार्य अझै पनि भइरहेको बताइएको छ। बसमा थप ३/४ जना यात्रु फसिरहेको स्थानीयहरुले बताएका छन्।




भर्खरै