काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सासंद मनिष झाले संञ्चार संस्था तथा नेताको निबास अगाडी सबारी साधानले अबरोध पुर्याउने कार्य स्तरहीन र गलत प्रयोग भएको टिप्पणी गर्नुभएको छ ।
नेता झाले यस्तो बचपना देखाएर राजकाज चल्छ भन्दै प्रश्न समेत गर्नुभएको छ । उहाँले भन्नुभएको छ- के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजीको सहादत भएको हो ?
उहाँले लेख्नुभएको छ-
सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ। राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैं थप आतङ्कित बनाउने हैन। यस्तो बचपना देखाएर राजकाज चल्छ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न GenZ सहादत भएको हो? यस किसिमको काम प्रति घोर आपत्ति छ।











