१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशलाई छिट्टै भिखारीमुक्त बनाउने : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले हाम्रो देशलाई सडक मानवमुक्त बनाउने बताएका छन् । सडकमा कोही बेसहारा देखिए सरकारलाई खबर गर्न आग्रह गरेका छन्।

ललितपुरको भैंसेपाटीमा सोमबार मन्त्री निवास शिलान्यास गर्दै ओलीले भने, ‘सडकमा कुनै नागरिक बेसहारा बसेको भए खबर गर्नुस्। देशलाई छिट्टै भिखारीमुक्त घोषणा गरिन्छ।’

प्रधानमन्त्री ओलीले देशमा केही पनि भएको छैन भनेर निराशा फैलाउने काम भएको भन्दै विकास निर्माणको कामलाई सरकारले तीव्रता दिए पनि ती कामहरूको चर्चा नभएको उनको भनाइ छ।

‘केही मानिसहरूले केही पनि भएको छैन भनेर निराशा फैलाउन खोजे, भएका कामहरूको चर्चा नगर्नु एकथरी प्रवृत्ति छ,’ उनले भने, ‘नन इस्युलाई इस्यु बनाएर सरकारको विरोध मात्रै गर्ने सिलसिला चलाइएको छ।’

ओलीले मेलम्ची खानेपानी आयोजनाका काम ठेकेदार भागेका कारण केही ढिलाइ भए पनि अब छिट्टै आयोजनाको काम सकिने उनले बताए।