२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी तरिका अपनाउनुस, श्रीमानलाई फुरुक्क पार्नुस् !



अ+ अ-

काठमाडौं । श्रीमान श्रीमती एक अर्काका परिपूरक हुन् । त्यसैले दूवैको आपसी मेल अनिवार्य हुन्छ । तर कहिलेकाँही दाम्पत्य जीवनमा बहस, मनमुटाव र झगडा समेत हुने गर्छ ।

एक आर्काको मन नपर्ने बानीको कारण झैझगडा हुने गर्छ । त्यसैले श्रीमान र श्रीमती दुवैले एक अर्कालाई मन नपर्ने बानीमा सुधार गर्नु पर्छ ।

यदि तपाँई महिला हुनुहुन्छ र आफ्नो श्रीमानलाई खुशी पार्न चाहानुहुन्छ भने यी सात तरिका आजैबाट शुरु गर्नुस् ।

अरुको प्रशंसा नगर्नुस्

धेरैजसो श्रीमानहरु आफ्नो श्रीमातीको मुखबाट अन्य पुरुषको प्रशंसा सुन्न चाहँदैनन् । तर कतिपय महिलाले श्रीमानसँग अन्य पुरुषको प्रशंसा गर्छन जुन श्रीमानलाई पटक्कै मन पर्दैन ।

शारीरिक सम्बन्धलाई आड नवनाउनुस्
शारीरिक सम्बन्ध श्रीमान् तथा श्रीमतीको नैसर्गिक आवश्यकताको कुरा हो । तर श्रीमतीहरु कहिलेकाहीँ प्राकृतिक आवश्यकताको यो कुरालाई आफ्नो हतियार बनाउने गर्छन् । उनीहरु श्रीमानसँग कुनै कुरामा मनमुटाव भयो भने अथवा कुनै कुराको लागि दबाव दिनुपर्‍यो भने सबैभन्दा पहिलो काम श्रीमानलाई शारीरिक सम्बन्धबाट वन्चित गर्छन् । यसेो गर्दा श्रीमानसंगको दूरी झन टाढा हुन सक्छ ।

घुमाउरो पाराले कुरा नगर्नुस्
कतिपय श्रीमतीहरु कुनै पनि कुरालाई स्पष्ट रुपले व्यक्त गर्दैनन् । त्यस्तो बेला जब श्रीमानले उनको कुरा बुझ्दैनन्, तब उनी उल्टै व्यंग्य गर्न थाल्छन् । त्यसैले श्रीमानहरु श्रीमतीले कुनै पनि कुरा स्पष्ट रुपमा व्यक्त गरुन् भन्ने चाहन्छन् ।

व्यक्तिगत चिजहरुमा हस्ताक्षेप नगर्नुस्
अपनत्व तथा एकाधिकार जनाउनका लागि जब श्रीमतीहरु श्रीमान् अफिसबाट घर फर्किएपछि उनीहरुको अफिस ब्याग, पाइन्टको खल्ती, पर्स, मोबाइल, ल्यापटप जस्ता चिजहरु बारेमा चासो गर्दै खोजीनीति गर्न थाल्छन्, यो कुराबाट श्रीमानहरु मनमनै निकै रिसाइसकेका हुन्छन् । त्यसैले श्रीमानका चीजमा अनावस्यक हस्ताक्षेप नगर्नुस् ।

कम बोल्नुस्
कतिपय श्रीमतीहरु एकपटक बोल्न थालेपछि लगातार बोलिरहन्छन् । तर श्रीमान भने हरेक कुराहरु छोटकरीमा सुन्न चाहन्छन् । त्यसैले श्रीमानसंग आवस्यक कुरा मात्र गर्नुस् ।

शंका हटाउनुस्
केही श्रीमतीहरु रहेक समय श्रीमानलाई शंका गरेर विभिन्न प्रकारका आरोपहरु लगाइरहन्छन् । प्रश्न गरिरहन्छन् । प्रश्नहरु सोधेकोसोधै गरेर श्रीमतीहरुले श्रीमानहरुलाई सताइरहेका हुन्छन् । यो बानी पनि श्रीमानहरुलाई खासै मन पर्दैन ।

सपिङलाई महत्व नदिनुस्
सपिङ गर्नु कतिपय श्रीमतीहरुको ठूलो शोख हुन्छ कैयौ पटक त उनीहरु टाइमपास अथवा मन बहलाउन समेत सपिङ गरिदिन्छन् ।तर श्रीमानहरुलाई श्रीमतीहरुको यो बानी देखि आजित हुन्छन् । त्यसैले अनावस्यक किनमेल गरेर श्रीमानलाई दिक्क बनाउनु हुदैन ।