१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालोबजारीका लागी व्यापारीले लुकाएको २ सय बोरा प्याज भेटिएपछी…



अ+ अ-

काठमाडौं । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालका व्यापारीले आफुसँग भएको प्याज लुकाएर कालोबजारी गर्न थालेका छन्।

सोमबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको २ सय बोरा प्याज लुकाएको भेटिएको छ।

‘हामी शुरुमा जाँदा व्यापारीहरुले १ सय ५० बोरा मात्र प्याज रहेको भने र चेकजाँचका क्रममा थप २ सय बोरा प्याज भेटिएको छ, विभागका अनुसन्धान अधिकृत रमेशकाजी श्रेष्ठले भने। ‘कालीमाटीका ८ वटा पसलमा अनुगमन गर्दा मुल्य सुचीमा पनि हिजो र आज ठूलो अन्तर देखिएको छ, उनले भने।

कालीमाटीका तरकारी व्यापारीले देखाएको खरीद र बिक्री सम्बन्धी बिलबिजक शंकास्पद देखिएपछि विभागले सो विषयमा स्पष्टिकरण सोधेको छ।

‘व्यापारीहरुले हिजो अस्तिसम्म ९७ रुपैयाँ सम्म बिक्री वितरण गरेको गरेको प्याज आज १ सय १० रुपैयाँ प्रतिकिलो बेचेको भेटेपछि यसको जवाफ सहित विभागमा हाजिर हुन व्यापारीहरुलाई अनुगमन टोलीले निर्देशन दिएका छ ।