३० असार २०८३, मंगलवार
,
Latest
नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ? समयमै उपचार नपाउँदा सर्पदंशका बिरामीले गुमाउँदै छन् ज्यान नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका नवनियुक्त प्रतिनिधि हरि दासद्वारा परराष्ट्रमन्त्रीसमक्ष ओहदाको प्रमाणपत्र पेश सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि ‘कोशेढुंगा’: निर्माण व्यवसायी महासंघ सञ्चार गृह अगाडिको घटनामा छानबिन र कारबाही हुनुपर्छः सभापति लामिछाने पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारी सम्मानित पूर्वसचिव डा जोशीको निधन मधेस प्रदेशसभा बैठकः प्रदेश विनियोजन विधेयकमाथि छलफल विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो



अ+ अ-

काठमाडौँ। काठमाडौँको बौद्धमा रहेको खावालिङ विद्यालयमा शिक्षिकाले विद्यार्थीलाई कुटपिट गरेको घटनाप्रति शिक्षा तथा खेलकुद मन्त्रालयले चासो लिएको छ ।

विद्यालयकी शिक्षिका सोना रानाले कक्षा ४ मा अध्ययनरत एक विद्यार्थीलाई कुटपिट गरेको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले उक्त घटनाका सम्बन्धमा पीडित विद्यार्थी, विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसँग आज मन्त्रालयमा छलफल गर्नुभएको हो ।

मन्त्री पोखरेलले पीडित विद्यार्थीसँग छुट्टैसमेत छलफल गर्नुभयो । उहाँले विद्यार्थीलाई खेलकुद सामग्री प्रदान गर्दै अध्ययन र खेलकुदका लागि हौसला तथा प्रोत्साहन गर्नुभयो ।

सो अवसरमा मन्त्री पोखरेलले विद्यार्थीलाई कुटपीपिटको घटनामा आवश्यक कानुनी प्रक्रिया अपनाउनुपर्ने भएको खण्डमा सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

साथै, उहाँले विद्यार्थीलाई मनोवैज्ञानिक असर नगर्ने गरी विद्यालयले घटनामा संलग्न शिक्षिकालाई सचेत गराउन ध्यानाकर्षण गराउनुभयो । साथै आगामी दिनमा यस्ता प्रकृतिका घटना दोहोरिन नदिन शिक्षकहरुलाई आवश्यक तालीमलगायतको व्यवस्था गर्न पनि विद्यालयलाई आग्रह गर्नुभयो ।

उक्त घटना एक वर्ष पहिलाको भए पनि यस्ता किसिमका विकृति दोहोरिन नदिन मन्त्रालयले सजकता अपनाउँदै विद्यालय र पीडित पक्षसँग चासो लिएर पहलकदमी लिएको हो । खावालिङ स्कुलका प्रधानाध्यापक सुनिल रानाका अनुसार शिक्षिका रानालाई गत जेठमा नै विद्यालयबाट निस्कासन गरिएको थियो ।  रासस