७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्सापास बिना नै बनायो वीर अस्पतालले नयाँ भवन



अ+ अ-

काठमाडौं । मुलुककै सबैभन्दा पुरानो वीर अस्पतालको नयाँ भवन नक्सापास नगरी बनाइएको छ । भवन निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) पनि गरिएको छैन । हाल वीर अस्पताल रहेकै स्थानमा १७ रोपनी क्षेत्रफलमा गत वर्षको असारदेखि भवन निर्माणाधीन छ । भवनको चारमध्ये तीनवटा ब्लकको बाहिरी संरचना बनिसकेको छ ।

कानुनअनुसार भवन निर्माण गर्नुअघि अनिवार्य रूपमा सम्बन्धित स्थानीय तहबाट नक्सापास र इआइए गराउनुपर्छ । काठमाडौं महानगरपालिका– २७ का अनुसार पटकपटकको ताकेतापछि पनि वीर अस्पताल प्रशासन र भवन विभागले अटेर गरेर नक्सापास तथा इआइए गराएका छैनन् ।वडाध्यक्ष चिनियाँमान बज्राचार्यले भवन निर्माण भएको वर्ष दिन बितिसक्दा पनि वीर र भवन विभागले नक्सापास नगरेको बताए ।

‘वडामा नयाँ अस्पताल बनेको छ । त्यो वडाका लागि पनि गर्वको विषय हो,’ उनले भने, ‘तर, यो भवनको नक्सापास भएको छैन, न इआइए परीक्षण नै गरिएको छ । सरकारकै यति जिम्मेवार निकायले किन नक्सापास नगरी यति ठूलो भवन बनायो, बुझ्न सकिएको छ । यसका लागि हामीले पटकपटक ताकेता गरेका छौँ ।

तैपनि उनीहरू अटेर गरेर बसेका छन् ।’ दुई अर्ब तीन लाख रुपैयाँको लागतमा ३० महिनामा सक्ने लक्ष्यका साथ ०७५ को असारबाट नौतले भवन निर्माण सुरु गरिएको हो । पाँच सय शैय्याको अस्पतालमा १७ वटा अपरेसन थिएटर रहने बताइएको छ ।

नक्सापास नहुँदा ढल निकासमा समस्या
काठमाडौं महानगरपालिका– २७ का अनुसार भवनको नक्सापास नभएकाले ढल व्यवस्थापनमा समेत समस्या आएको छ । अस्पतालले ढल तथा खानेपानीको प्रबन्ध कसरी गरेको छ भन्नेबारे वडालाई थाहा नभएको अध्यक्ष बज्राचार्यले बताए । ‘भवन त नक्सापास नगरी निर्माण भयो । ढल तथा खानेपानीको प्रबन्ध त वडाले गर्ने हो । यसको प्रबन्ध कसरी गरिएको छ वडालाई जानकारी त चाहियो नि १ नक्सा नै पास नगरी यसको जानकारी कसरी हुन सक्छ ?’ उनको प्रश्न छ ।

भवन विभाग भन्छ– अस्पतालको काम यति छिटो होला भन्ने लागेकै थिएन
भवन निर्माणका लागि प्राविधिक सहयोग गर्ने काम भवन विभागको हो । नक्सापास र इआइए गर्ने सम्पूर्ण काम विभागकै हो । यसको जिम्मा विभागअन्तर्गतको डिजाइन तथा निर्माण शाखामा छ । शाखाका प्रमुख मचाकाजी महर्जनले भने निर्माणकार्य द्रुत गतिमा भएकाले नक्सापास गर्न नसकिएको बताए ।

‘हामीले वीर अस्पतालको भवन निर्माण यति दु्रत गतिमा बढ्छ भन्ने सोचेकै थिएनौँ,’ उनले भने, ‘निर्माणसँगसँगै नक्सापास र इआइए गरौँला भनेका हौँ । भवन लगभग सकिन लाग्यो । तर, नक्सापास हुन सकेन । हामीले नक्सा नै पास नगर्ने भनेको होइन । यसको प्रक्रिया अघि बढेको छ । कानुनअनुसार नै चाँडै भवनको नक्सापास गर्नेछौँ ।’

शाखा प्रमुख महर्जनले भवन निर्माणको सन्दर्भमा कानुनी प्रक्रिया पूरा नभए पनि प्राविधिक मापदण्ड भने सबै पूरा गरिएको बताए । ‘कानुनी मापदण्ड पूरा नगरिएको साँचो हो । यसको अर्थ प्राविधिक मापदण्ड पूरा नगरेको भन्ने होइन । रितपूर्वक बाँकी काम पनि पूरा गर्छौँ,’ उनले भने । वीर अस्पतालका निर्देशक केदारप्रसाद सेन्चुरीले भवनको नक्सापास गर्न बाँकी रहेको, तर प्रक्रिया अघि बढेको बताए । उनले केही दिनभित्रै प्रक्रिया पूरा हुने दाबी गरे । नयाँ पत्रिका दैनिकबाट