४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नक्सापास बिना नै बनायो वीर अस्पतालले नयाँ भवन

नक्सापास बिना नै बनायो वीर अस्पतालले नयाँ भवन
अ+ अ-

काठमाडौं । मुलुककै सबैभन्दा पुरानो वीर अस्पतालको नयाँ भवन नक्सापास नगरी बनाइएको छ । भवन निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) पनि गरिएको छैन । हाल वीर अस्पताल रहेकै स्थानमा १७ रोपनी क्षेत्रफलमा गत वर्षको असारदेखि भवन निर्माणाधीन छ । भवनको चारमध्ये तीनवटा ब्लकको बाहिरी संरचना बनिसकेको छ ।

कानुनअनुसार भवन निर्माण गर्नुअघि अनिवार्य रूपमा सम्बन्धित स्थानीय तहबाट नक्सापास र इआइए गराउनुपर्छ । काठमाडौं महानगरपालिका– २७ का अनुसार पटकपटकको ताकेतापछि पनि वीर अस्पताल प्रशासन र भवन विभागले अटेर गरेर नक्सापास तथा इआइए गराएका छैनन् ।वडाध्यक्ष चिनियाँमान बज्राचार्यले भवन निर्माण भएको वर्ष दिन बितिसक्दा पनि वीर र भवन विभागले नक्सापास नगरेको बताए ।

‘वडामा नयाँ अस्पताल बनेको छ । त्यो वडाका लागि पनि गर्वको विषय हो,’ उनले भने, ‘तर, यो भवनको नक्सापास भएको छैन, न इआइए परीक्षण नै गरिएको छ । सरकारकै यति जिम्मेवार निकायले किन नक्सापास नगरी यति ठूलो भवन बनायो, बुझ्न सकिएको छ । यसका लागि हामीले पटकपटक ताकेता गरेका छौँ ।

तैपनि उनीहरू अटेर गरेर बसेका छन् ।’ दुई अर्ब तीन लाख रुपैयाँको लागतमा ३० महिनामा सक्ने लक्ष्यका साथ ०७५ को असारबाट नौतले भवन निर्माण सुरु गरिएको हो । पाँच सय शैय्याको अस्पतालमा १७ वटा अपरेसन थिएटर रहने बताइएको छ ।

नक्सापास नहुँदा ढल निकासमा समस्या
काठमाडौं महानगरपालिका– २७ का अनुसार भवनको नक्सापास नभएकाले ढल व्यवस्थापनमा समेत समस्या आएको छ । अस्पतालले ढल तथा खानेपानीको प्रबन्ध कसरी गरेको छ भन्नेबारे वडालाई थाहा नभएको अध्यक्ष बज्राचार्यले बताए । ‘भवन त नक्सापास नगरी निर्माण भयो । ढल तथा खानेपानीको प्रबन्ध त वडाले गर्ने हो । यसको प्रबन्ध कसरी गरिएको छ वडालाई जानकारी त चाहियो नि १ नक्सा नै पास नगरी यसको जानकारी कसरी हुन सक्छ ?’ उनको प्रश्न छ ।

भवन विभाग भन्छ– अस्पतालको काम यति छिटो होला भन्ने लागेकै थिएन
भवन निर्माणका लागि प्राविधिक सहयोग गर्ने काम भवन विभागको हो । नक्सापास र इआइए गर्ने सम्पूर्ण काम विभागकै हो । यसको जिम्मा विभागअन्तर्गतको डिजाइन तथा निर्माण शाखामा छ । शाखाका प्रमुख मचाकाजी महर्जनले भने निर्माणकार्य द्रुत गतिमा भएकाले नक्सापास गर्न नसकिएको बताए ।

‘हामीले वीर अस्पतालको भवन निर्माण यति दु्रत गतिमा बढ्छ भन्ने सोचेकै थिएनौँ,’ उनले भने, ‘निर्माणसँगसँगै नक्सापास र इआइए गरौँला भनेका हौँ । भवन लगभग सकिन लाग्यो । तर, नक्सापास हुन सकेन । हामीले नक्सा नै पास नगर्ने भनेको होइन । यसको प्रक्रिया अघि बढेको छ । कानुनअनुसार नै चाँडै भवनको नक्सापास गर्नेछौँ ।’

शाखा प्रमुख महर्जनले भवन निर्माणको सन्दर्भमा कानुनी प्रक्रिया पूरा नभए पनि प्राविधिक मापदण्ड भने सबै पूरा गरिएको बताए । ‘कानुनी मापदण्ड पूरा नगरिएको साँचो हो । यसको अर्थ प्राविधिक मापदण्ड पूरा नगरेको भन्ने होइन । रितपूर्वक बाँकी काम पनि पूरा गर्छौँ,’ उनले भने । वीर अस्पतालका निर्देशक केदारप्रसाद सेन्चुरीले भवनको नक्सापास गर्न बाँकी रहेको, तर प्रक्रिया अघि बढेको बताए । उनले केही दिनभित्रै प्रक्रिया पूरा हुने दाबी गरे । नयाँ पत्रिका दैनिकबाट