२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजा शहरमा इजरायली हवाई आक्रमणः चार प्यालेस्टिनीको मृत्यु



अ+ अ-

काठमाडौँ। गाजा शहरमा रहेको एक आरन (फलामको वर्कसप) लाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा चार जना प्यालेस्टिनीको मृत्यु भएको छ ।

प्यालेस्टिनी सुरक्षा तथा चिकित्सा स्रोतहरूले यस घटनाको पुष्टि गरेका हुन् । सुरक्षा स्रोतकाअनुसार इजरायली ड्रोनले गाजा शहरको दक्षिणमा पर्ने साब्रा क्षेत्रमा अवस्थित वर्कसपमा कम्तीमा तीनवटा मिसाइल प्रहार गरेको थियो ।

उक्त आक्रमणमा चार जनाको ज्यान गएको छ भने अन्य एक जना घाइते भएका छन् । प्रत्यक्षदर्शीहरूले बताएअनुसार हवाई आक्रमणबाट कार्यशाला वरपरको क्षेत्रमा ठूलो भौतिक क्षति पुगेको छ ।

पीडितहरूको शवलाई स्थानीय अस्पतालमा लगिएको छ । यस सैन्य कारबाहीका सम्बन्धमा इजरायली सेनाले हालसम्म कुनै औपचारिक टिप्पणी गरेको छैन ।

गाजास्थित स्वास्थ्य अधिकारीहरूले शनिवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२३ अक्टोबर ७ देखि जारी द्वन्द्वमा परी हालसम्म मृत्यु हुनेको सङ्ख्या ७३ हजार २ सय २१ पुगेको छ भने १ लाख ७३ हजार ६ सय ४३ जना घाइते भएका छन् । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल