३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

मिडियाका ढोकामा पार्किङ गरिएका एक्स्प्रेस गाडी

मिडियाका ढोकामा पार्किङ गरिएका एक्स्प्रेस गाडी
अ+ अ-

काठमाडौँ । यो सरकारले एक्स्प्रेस गाडीको प्रसंग चितवनबाट भित्र्याएको हो । चितवनमा हालै सम्पन्न भएको रास्वपाको पहिलो महाधिवेशनमा सम्बोधनका क्रममा स्वयं प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको काम एक्सप्रेस गाडीको गतिमा भइरहेकाले त्यो नरोकिने र दुर्घटनामा पनि नपर्ने बताएका थिए ।

तर उनले त्यो प्रसंग पनि त्यहाँ पाहुनाका रुपमा उपस्थित भएका विभिन्न राजनीतिक दलका नेताहरुले व्यक्त गरेको चासोका कारण व्यक्त गरेका हुन् । पुराना भनिने राजनीतिक दलका नेताहरुले यो सरकारको काम गराइ र हतारको अवस्था देख्दा सरकारको गाडी दुर्घटनामा पनि पर्नसक्ने आशंका व्यक्त गरेका थिए र सरकारलाई गति कम गरेर सुरक्षित यात्रा गर्न भनेका थिए ।

यो पनि पढ्नुहोस: मिडिया कार्यालय अगाडि शंकास्पद गाडी पार्किङ, आवतजावत प्रभावित

त्यसैको ओठे जवाफमा प्रधानमन्त्रीले भनेका थिए— सरकारको गति एक्सप्रेस गाडी जस्तै हो, यसको गति सीमित पनि हुँदैन र यो दुर्घटनामा पनि पर्नेवाला छैन । यो गाडी एक्स्प्रेस हो र सुपर हाइवेमा चलिरहेको छ ।

हो, त्यही गाडीको प्रसंग हिजो काठमाडौँमा निकै चल्यो । किनभने काठमाडौँका केही प्रमुख सञ्चारमाध्यमका गेट गेटमा लगेर यी गाडी पार्किङ गरिएको थियो । बिहान अकस्मात कान्तिरपुर दैनिक, अनलाइनखबर, हिमालयन टेलिभिजनका गेटमा अरु गाडी बाहिर निकाल्न पनि नमिल्ने गरी ती गाडी राखिएको थियो ।

यो बडो अनौठो खालको घटना काठमाडौमा पहिलो पटक भएको थियो । झण्डै करोड रुपैयाँ पर्ने गाडी बेवारिसे थियो र बेखबर नै ती मिडिया हाउसको गेटमा पार्किङ गरेर राखिएको थियो । त्यो देखेर मिडिया हाउसहरु पनि चकित परेका थिए ।

बिहान केही बेर त यो किन र कसरी भयो भन्ने बारेमा उनीहरु सोच्न पनि सकेका थिएनन् । तर अरु पनि केयौँ मिडिया हाउस र उता नेपाली कांग्रेसका सभापति गगन थापाको घरमा पनि यस्तै घटना भएपछि भने सबैले बुझे कि यो अरु कोही नभएर सरकार संरक्षित मानिसहरुबाट भइरहेको छ ।

हुन पनि परिस्थित त्यस्तै भयो । दिउँसो प्रहरीले ती गाडी क्रेनले झिकेर हटायो र पछि साँझसम्म यो थाहा भयो कि ती गाडीहरु रास्वपाकै कार्यकता र प्रधानमन्त्री निकटका मानिसहरुका रहेछन् । त्यसपछि भने काठमाडौँमा फेरि अर्काे सन्नाटा नै छायो ।

किनभने हिजो नयाँ सडक र काठमाडौँका कतिपय सडकहरुमा यस्तै अस्तब्यस्त अवस्था थियो भने आज मिडिया हाउसकै गेटमा यस्तो देखियो । यो कतै सरकारकै डिजाइनमा त यस्तो भएको होइन भन्ने नै मानिसहरुका मनमष्तिस्कमा उठ्यो ।

सत्तारुढ रास्वपाले नै यो घटनालाई लिएर विज्ञप्ति जारी गर्दै छानबिनको माग गरेको छ । यस्ता शंकाष्पद गतिविधमा संलग्नलाई पहिचान गरी कानून बमोजिम कारवही गर्न माग गरिएको छ ।

बेवारिसेमध्येको एउटा गाडी रास्वपाकै नेताको भएको पुष्टी भइसकेको छ । कान्तिपुरको कार्यालय गेटमा राखिएको गाडी रास्वपाको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका सदस्य रहेका रवी जैसवालको रहेको खुलेको हो ।

ज्योति कन्सर्नको नाममा बुकिङ गरेको गाडी बिक्रेता एसटी मोटर्सको नाममा नै रहेको छ । जैसवाललाई महाधिवेशनअघि महामन्त्री भूपदेव शाहले विभागमा मनोनीत गरेका थिए । कान्तिपुरले आफ्नो कार्यालयको गेटमा अज्ञात व्यक्तिले गाडी पार्किङ गरेर हिँडेको सीसीटीभी फुटेज सार्वजनिक गरेको छ । उक्त फुटेजमा सुरक्षा गार्डले सम्झाउँदा सम्झाउँदै पनि चालकले गाडी छाडेर हिँडेको देखिन्छ ।

अनलाइन खबरमा गाडी छेड्ने व्यक्तिको पनि पहिचान भएको छ । अनलाइनखबरको गेटअगाडि बा १२च ८५४५ नम्बरको हुण्डाइ ग्राण्ड आइ१० पार्किङ गरिएको थियो । यो गाडी सुनिल पौडेलको नाममा छ । उनी पनि रास्वपाकै कार्यकर्ता हुन् ।

यसरी सरकारका नागरिक विरोधी गतिविधिहरूमा प्रश्न उठाउँदै आएका मूलधारका सञ्चार माध्यमलाई आतंकित पार्ने उद्देश्यले शंकास्पद भिजिलान्ते गतिविधि सुरू भएका हिजो सामाजिक सञ्जालहरुमा नागरिकले मत जाहेर गरेका छन् ।

पञ्चायतकालमा स्वयं तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले भन्ने गरेका थिए– देश दरबारले होइन, भूमिगत गिरोहले चलाउँछ । त्यस्तै गिरोहको झल्को दिनेगरी काठमाडौंमा एउटा समूह सक्रिय हुन थालेको देखिएको कतिपयको तर्क थियो ।

त्यही समूह सुकुमबासी समस्या र आत्मदाह प्रकरणजस्ता गम्भीर मुद्दाहरुलाई विषयान्तर गर्न चाहेको हुनसक्ने अनुमान पनि धेरैको छ । सुकुमवासीको व्यवस्थापन नाममा रातारात बस्ती उठाएर अमानवीय ढंगले होल्डिङ सेन्टर नामका असहज ठाउँमा सरकारले गराएको अव्यवस्थापनले तनाव उत्पन्न हुँदै थियो । अझ गणेश नेपालीको आत्मदाह प्रकरणमा सरकारबाट भएका कमजोरीमा प्रश्न उठाउने मिडियाहरूमाथि यस्ता गतिविधि केन्द्रित छन् ।

तर, सरकार मौन छ, मन्त्री प्रधानमन्त्रीहरु मौन छन् । सबैतिरबाट प्रधानमन्त्रीमाथि नै यो आरोप आइसकेको छ, तर ढुंगो बोल्ला प्रधानमन्त्री बोल्दैनन् । उनले हो पनि भनेका छैनन् र होइन भनेर मुख पनि खोलेका छैनन् ।

यो मौनताले पनि धेरै कुरा स्वीकार गरेको छ । त्यसैले मानिसहरु सधैँ एक्स्प्रेस गाडीको कुरा गर्दा सरकारकै हुनुपर्छ भनिरहेकै थिए । आखिर परिणाम पनि त्यही निस्क्यो । यसो गर्ने व्यक्ति प्रधानमन्त्री निकटका हुन् तर प्रधानमन्त्री बोल्दैनन् भनेपछि यसको अर्थ त त्यही नै हो ।

आखिर प्रधानमन्त्रीको एक्स्प्रेस गाडी सय दिनमा त्यति कुद्न सकेन । एक सय दिनमा जे जे गर्ने भनेर सरकारले कार्यसूची सार्वजनिक गरेको थियो, ती काम हुन सकेका छैनन् । जनताले ती काम भएको अनुभूति पनि गरेका छैनन् ।

त्यसपछि त जनताका प्रतिक्रियाहरु आउने नै भए । किनभने पहिलेका पुराना पार्टीले केही नगरेपछि आफूहरुले आकासका तारा झारिदिन्छौँ भन्ने शैलीमा यो सरकारले काम गर्छौँ भनेर कसम नै खाएको थियो । तर, त्यसो हुन सकेको नदेखेपछि सुकुम्बासीदेखि हुकुम्बासीसम्म सरकारप्रति आलोचनात्मक हुने नै भए ।

सम्वभतः त्यसको प्रतिक्रियास्वरुप यो अवस्था आएको हुन सक्छ । सरकारको धेरै आलोचना गरिरहेका मिडियाका कन्टेन्ट सो पार्टीका कार्यकर्तालाई मन नपरेका हुन सक्छन् । सायद त्यसै भएर पनि यो अवस्था आएको हुनसक्छ । र, विरोधस्वरुप सरकारकै एक्स्प्रेस गाडीहरु यसरी मिडियाका गेटमा पार्किङ गरेर असहमतिको सांकेतिक स्वरुप प्रदर्शन गरिएको हुनसक्छ ।