८ भाद्र २०८३, सोमबार
,
Latest
कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन नाडाको ५० वर्ष : सवारी आयातदेखि स्वदेशी उत्पादनसम्मको यात्रा सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले बढ्यो भेरी अस्पतालमा ८३ नयाँ एचआइभी सङ्क्रमित फेला गिनीको ल्यान्डफिलमा पहिरो जाँदा ३० जनाको मृत्यु बडीमालिकातर्फ बाजुराको सरकारी टोली प्रस्थान अब थप ढिलाइ नगरौँ, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरौँ: गगन थापा ‘कम्युनिष्ट सिद्धान्तले भन्दैन–गल्ती स्वीकार तर नसुधार’ भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने प्रयासप्रति सचिवालयको आपत्ति इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगन थापाको निवासअघि पनि शंकास्पद रूपमा गाडी पार्क



अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति गगन थापाको काठमाडौंको रातोपुलस्थित निवासअगाडि पनि शंकास्पद रूपमा एउटा गाडी पार्क गरेर छाडिएको पाइएको छ।

बा.ए.सी. ९५७५ नम्बरको उक्त गाडी बिहान करिब ७ बजेदेखि निवासको मूल प्रवेशद्वारअगाडि पार्क गरिएको स्थानीयले बताएका छन्। गाडी यसरी राखिएको छ कि मोटरसाइकलसमेत आवतजावत गर्न नसक्ने अवस्था सिर्जना भएको छ।

यसअघि आजै काठमाडौंका विभिन्न सञ्चारगृहका मूल प्रवेशद्वारअगाडि पनि सवारी साधन पार्क गरेर अवरोध सिर्जना गरिएको थियो। ती सवारी साधनलाई प्रहरीले क्रेन प्रयोग गरी हटाएको थियो।

सभापति थापाको निवासअगाडि पार्क गरिएको गाडीबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। गाडी कसले र किन त्यहाँ छाडेको हो भन्ने विषयमा थप विवरण आउन बाँकी छ।