३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

विश्वकप सेमिफाइनलमा इंग्ल्यान्ड, जेड बेलिंघमको दुई गोलमा नर्वे पराजित

विश्वकप सेमिफाइनलमा इंग्ल्यान्ड, जेड बेलिंघमको दुई गोलमा नर्वे पराजित
अ+ अ-

काठमाडौं । जुड बेलिङ्घमको उत्कृष्ट प्रदर्शनको मद्दतमा इंग्ल्यान्डले अतिरिक्त समयमा नर्वेलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान बनाएको छ।

मियामी स्टेडियममा शनिबार भएको क्वार्टरफाइनलमा नर्वेले ३६औँ मिनेटमा अग्रता लिएको थियो। एन्ड्रियास स्केल्डरअपले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए।

पहिलो हाफको इन्जुरी समयमा जेड बेलिंघमले व्यक्तिगत कौशल प्रदर्शन गर्दै बराबरी गोल फर्काएपछि खेल १–१ को अवस्थामा पुग्यो। त्यसलगत्तै ह्यारी केनले गोल गरे पनि अफसाइडका कारण गोल मान्यता पाएन।

दोस्रो हाफमा नर्वेका टोर्ब्योर्न हेग्गेमले गरेको गोल भिडियो सहायक रेफ्री (VAR) ले रद्द गरिदियो। कर्नरको क्रममा एर्लिङ हालान्डले इलियट एन्डरसनलाई धक्का दिएको पुष्टि भएपछि गोल अमान्य ठहरिएको थियो।

खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले थप गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो।

अतिरिक्त समयमा बेलिङ्घमले निर्णायक गोल गर्दै इंग्ल्यान्डलाई २–१ को जित दिलाए। मोर्गन रोजर्सको शक्तिशाली प्रहार नर्वेका गोलरक्षक ओर्यान नाइल्यान्डले नियन्त्रणमा लिन नसक्दा रिबाउन्डमा बेलिङ्घमले सहजै गोल गरेका थिए।

यस जितसँगै प्रशिक्षक थोमस टुखेलको नेतृत्वमा रहेको इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। अब इंग्ल्यान्डले जुलाई १५ मा एटलान्टा स्टेडियममा हुने सेमिफाइनलमा साविक विजेता अर्जेन्टिना वा स्विट्जरल्यान्डमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।

रियल म्याड्रिडका स्टार मिडफिल्डर बेलिङ्घम खेलका नायक बनेका थिए। उनले दुई गोल गर्दै इंग्ल्यान्डको विश्वकप उपाधि यात्रालाई जीवित राखेका छन्।