२६ असार २०८३, शुक्रबार
,
Latest
असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण सुरू गरिने गणेश नेपाली प्रकरण छानबिन गर्न पाँच सदस्यीय समिति गठन सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ दक्षिण पूर्वका देशमा अनलाइन स्क्यामबाट ठगिएका ८ सय ३६ जना नेपालीको उद्धार सरकारले सय दिन बितिसक्दा पनि रोजगारी अवसर सृजना गर्ने कुनै कार्ययोजना ल्याउन सकेनः खुश्बु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्युपछि वीर अस्पताल अगाडि प्रदर्शन ‘ह्विल लक महानगर प्रहरीले लगाएको हो’ भन्दै विपक्षीमाथि आक्रोशित बने गृहमन्त्री गणेश नेपालीको मृत्युपछि संसद्मा भावुक बने गृहमन्त्री सुधन गुरुङ ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणेश नेपाली मृत्यु प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्दछः एमाले सांसद सुब्बा



अ+ अ-

काठमाडाैँ । प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद भुमिका लिम्बू सुब्बाले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले मोटरसाईकल पार्किङ गरेर राखेवापत कडा जरिवानी असुली गर्दा उहाँले आत्मदाह गर्ने निष्कर्षमा पुग्नु परेकाले उक्त मृत्यु प्रकरणको जिम्मेवारी सरकार आफैले लिनुपर्ने बताउनुभएको हो ।

सांसद सुब्बाले सरकार संवेदनशील, उत्तरदायी र सामाजिक विवेकमाथि गम्भिर नभएको यस्तो नागरिकले आत्माहत्याको बाटो रोज्नुपर्ने अवस्था आएको आरोप पनि लगाउनु भयो । उहाँले उक्त मृत्यु प्रकरणको दोषीमाथि कडा कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्तिको तत्काल व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो ।

सांसद सुब्बाले भन्नुभयो,‘मोटरसाईकप पार्किङ गरेका कारण १० हजार रुपैँया जरिवाना गरी अत्यन्तै तनाव दिएको कारण आत्महत्याको निष्कर्षमा पुगेको गणेश नेपालीको आफन्तको भनाई छ । गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्दछ । यो मृत्यु केबल एउटा व्यक्तिको मृत्यु मात्रै होइन । यो राज्यको संवेदनशीलता, उत्तरदायित्व र सामाजिक विवेकमाथिको गम्भिर प्रश्न पनि हो । घटनाको छानविन गरी दोषीलाई कारबाही र पीडित परिवारलाई राहतको व्यवस्थापन गर्नका लागि म जोडदार माग गर्दछु ।’

त्यस अवसरमा सांसद सुब्बाले प्रधानमन्त्री बालेन्द्र साह संसदप्रति जवाफदेही नभएको पनि आक्रोश समेत व्यक्त गर्नुभयो ।