१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्मदाह प्रयास गर्ने युवकको अवस्था गम्भीर, वीर अस्पतालको आईसीयूमा सार्ने तयारी



अ+ अ-

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। उनको हाल वीर अस्पतालमा उपचार भइरहेको छ।

उपचारमा संलग्न चिकित्सक डा. पीयूष दाहालका अनुसार शरीरको करिब ६० प्रतिशत भाग जलेको प्रारम्भिक अनुमान गरिएको छ। अनुहार, घाँटी, छाती तथा दुवै हातखुट्टाका केही भागमा गम्भीर जलन भएकाले उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राख्ने तयारी भइरहेको छ।

अस्पतालले आकस्मिक कक्षमै आवश्यक प्राथमिक उपचार, औषधि तथा परीक्षणको प्रक्रिया पूरा गरिरहेको छ। एनेस्थेसिया टोलीसँग समन्वय गरी बिरामीलाई आईसीयूमा सार्ने तयारी भइरहेको चिकित्सकहरूले बताएका छन्।