९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगानी र अर्थतन्त्रका विषयमा प्रधानमन्त्री शाहले आज उद्योगी–व्यवसायीसँग छलफल गर्ने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई गति दिन, लगानीमैत्री वातावरण सुदृढ बनाउन तथा निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने उद्देश्यले आज उद्योगी तथा व्यवसायीसँग उच्चस्तरीय छलफल गर्दैछन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने बैठकमा देशको समग्र आर्थिक अवस्था, निजी क्षेत्रका समस्या, लगानी प्रवर्द्धनका उपाय तथा सरकार–निजी क्षेत्रबीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल हुने प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिएकी छन्।

बैठकमा निजी क्षेत्रका प्रमुख छाता सङ्गठनका प्रतिनिधिहरू सहभागी हुनेछन्। नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसीआई)बाट अध्यक्ष अन्जन श्रेष्ठ र उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसङ्घ (सिएनआई)बाट निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा. घनश्याम ओझा तथा नेपाल चेम्बर अफ कमर्स (एनसिसी)बाट अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा उपस्थित रहने कार्यक्रम छ।

प्रधानमन्त्री शाहले पदभार सम्हालेपछि निजी क्षेत्रका प्रमुख व्यवसायिक सङ्गठनका नेतृत्वसँग गर्ने यो पहिलो औपचारिक संवाद हो। सरकारले आर्थिक गतिविधि चलायमान बनाउन र निजी क्षेत्रसँगको सहकार्यलाई थप मजबुत बनाउने प्रयासस्वरूप यो बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।