१३ असार २०८३, शनिबार
,
Latest
डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायती प्रधानमन्त्रीले मदिरा पिएको तस्बिर सार्वजनिक भएपछि हङ्गामा



अ+ अ-

लण्डन । बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनको तस्बिर सार्वजनिक भएपछि देशमा हङ्गामा मच्चिएको छ । तस्बिरमा प्रधानमन्त्री बोरिस आफ्नो सरकारी निवासको बगैँचामा अरु मानिससँग बसेर रक्सी पिइरहेका छन् । सो तस्बिर गत वर्ष मे महिनाको भएको बताइएको छ । बोरिस जोनसनलाई कोरोना लकडाउन नियम धेरै कडा उल्लङ्घन गरेको आरोप लगाइएको छ। यो विवाद बाहिर आएपछि बोरिसका सहयोगीले मदिरा सेवन गरेको कुरा अस्वीकार गरेका छन् ।

बेलायतमा कोरोना लकडाउनका क्रममा निकै कडा नियम बनाइएको थियो र एक अर्कासँग भेटघाटमा धेरै प्रतिबन्ध लगाइएको थियो । यस्तो अवस्थामा बेलायती प्रधानमन्त्रीले अन्य व्यक्तिसँग मदिरा सेवन गरेको दृश्य सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । यो तस्बिरपछि एकातिर जनताको आक्रोश बढ्दै गएको छ भने अर्कोतिर बोरिस जोनसनको कन्जरभेटिभ पार्टीमाथिको पकडलाई लिएर पनि प्रश्न उठिरहेको छ ।

बोरिसको टेबलमा मदिरा 

बोरिसको पार्टीका मन्त्रीहरु कोरोना नियन्त्रणका लागि विभिन्न प्रतिबन्ध लगाउने सोचमा छन् । गत हप्ता मात्रै मध्यावधि निर्वाचनमा पार्टीले लामो समयदेखि लिएको सिट गुमाएको थियो । बेलायती पत्रिका गार्डियनले आइतबार सो तस्विर प्रकाशित गरेको हो । तस्बिरमा बोरिस आफ्नो पार्टनर क्यारी र अन्य दुई व्यक्तिसँग आफ्नो सरकारी निवासको टेरेसमा बसिरहेका छन्। उनको टेबलमा मदिरा र केही चिज राखिएको छ ।

बोरिस नजिकैको अर्को टेबलमा चार जना बसिरहेका छन् र उनीभन्दा अलि टाढा ठूलो सङ्ख्यामा मानिसहरु बसिरहेका छन् । यो तस्बिर सार्वजनिक स्थलमा एक जनालाई मात्रै भेट्न सरकारले निर्देशन दिएको बेलाको भएको बताइएको छ । विवाद चर्किएपछि बेलायतका उपप्रधानमन्त्री डोमिनिक राबले प्रधानमन्त्री निवासले सो बगैँचालाई कार्यस्थलका रूपमा प्रयोग गरेको बताए । उनका अनुसार यो नियमविपरीत होइन ।