१५ आश्विन २०८१, मंगलवार
,
Latest
बाढी–पहिरो र डुबान : मृतकको संख्या २ सय १७ पुग्यो मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछु : मन्त्री यादव मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन स्थलगत रिपोर्ट : सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति स्थलगत रिपोर्ट : राजमार्गमा दृष्य एक, पीडा अनेक बाढीपहिरो प्रभावितका लागि राहत कोषमा एक अर्ब उपलब्ध गराइने, तीन दिने राष्ट्रिय शोक घोषणा दाउन्नेमा बाटो भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बाढीले अस्तव्यस्त काठमाडौंलाई लयमा फर्काउने प्रयास (फोटो फिचर) विपद्मा परी २०९ जनाको मृत्यु, २९ जना अझै बेपत्ता मन्त्री डा राणा र अमेरिकी उपविदेशमन्त्री भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीको निर्देशन: महिलामाथि हिंसा गर्नेलाई निस्तेज पार्नुहोस्



अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले महिला तथा बालिकाउपर हुने हिंसाविरुद्ध शून्य सहनशीलता अनपाइ त्यस्ता गतिविधिमा संलग्न तत्वलाई निस्तेज पार्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । जनताको भरोसा र विश्वास बोकेको सदस्यबाट नै कानून उल्लंघन हुनु क्षम्य नभएकाले बिना हिचकिचावट त्यस्ता व्यक्तिमाथि कारबाही गरिने प्रतिबद्धता उनले व्यक्त गरेका हुन् ।

६४ औं प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले भने ‘आर्थिक अनियमितता, महिला तथा बालबालिकाउपर हुने हिंसाविरुद्धको हरेक क्रियाकलापविरुद्ध शून्य सहनशीलता अपनाइ आपराधिक तत्व निस्तेज पार्न डटेर लाग्न सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन गर्न चाहन्छु’,

मन्त्री थापाले आफ्नो कुशल कार्यसम्पादनमार्फत प्रहरी संगठन अन्तर्राष्ट्रियस्तरमा समेत सक्षम प्रमाणित भएको उल्लेख गर्दै जनताको सेवामा खरो उत्र्न प्रहरीलाई आग्रह गरे । प्रहरी संगठनको आलोचनाभित्र लुकेको आवश्यकतालाई मनन गर्दै निर्भिक रूपमा कर्तव्य पथमा अघि बढ्नुपर्ने मन्त्री थापाको भनाइ छ ।