९ भाद्र २०८३, मंगलवार
,
Latest
१५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो, आजदेखि लागू



फाइल फोटो
अ+ अ-

काठमाडाैँ ।  यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर २ प्रतिशतले घटाएको छ। विभागले बिहीबार सूचना जारी गर्दै नयाँ भाडादर असार १८ गतेदेखि लागू भएको जनाएको हो।

विभागका अनुसार अन्तरप्रदेश सार्वजनिक सवारीको भाडा इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढे वा घटेमा वैज्ञानिक स्वचालित भाडा समायोजन प्रणालीअनुसार परिमार्जन गर्ने व्यवस्था छ।

विभागले जनाएको अनुसार पछिल्लो पटक भाडादर निर्धारण गर्दा डिजेलको औसत बजार मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा थियो। हाल उक्त मूल्य घटेर प्रतिलिटर १९३ रुपैयाँ ८३ पैसा कायम भएपछि भाडा समायोजन गरिएको हो।

स्वचालित प्रणालीअनुसार यात्रुवाहक सवारीको भाडा ९.८ प्रतिशत, पहाडी मार्गमा सञ्चालन हुने मालवाहक सवारीको १२.९ प्रतिशत र तराईका मालवाहक सवारीको १४.३ प्रतिशतसम्म समायोजन हुनुपर्ने अवस्था रहेको विभागले जनाएको छ। तर, त्यसबेला रहेको विशेष परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयअनुसार सबै प्रकारका सार्वजनिक सवारीको भाडा ५ प्रतिशत मात्र बढाइएको थियो।

तत्कालीन समयमा पूर्ण रूपमा भाडा समायोजन नभएको र अहिले पेट्रोलियम पदार्थको मूल्य घटेको अवस्थालाई समेत ध्यानमा राखी यात्रुवाहक तथा मालवाहक सवारीको भाडा हाललाई २ प्रतिशतले घटाइएको विभागले स्पष्ट पारेको छ।

यो निर्णय दुई वा सोभन्दा बढी प्रदेश हुँदै राष्ट्रियस्तरका रुटमा सञ्चालन हुने अन्तरप्रदेश सार्वजनिक यातायात सेवामा लागू हुनेछ। विभागले संशोधित भाडा सूचीसमेत सार्वजनिक गरेको जनाएको छ।