१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस प्रदेश २ सभापतिमा कृष्णा र रामसरोजको उम्मेदवारी



अ+ अ-

धनुषा । नेपाली कांग्रेस प्रदेश २ सभापतिका लागि रामसरोज यादव र कृष्णा यादवले उम्मेदवारी दिएका छन् ।

प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका रामसरोजले आफूलाई स्वतन्त्र उम्मेदवार भनेपनि उनलाई विमलेन्द्र निधि र शेखर कोइराला समूहले समर्थन गरेको छ ।

यता, कृष्णा यादवलाई सभापति शेरबहादुर देउवा समूहको समर्थन छ । समाचार स्रोतका अनुसार उनलाई जिताउन गृहमन्त्री बालकृष्ण खाण हिजै जनकपुर गएका थिए ।