६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहदानीसहित तीन विधेयक प्रमाणीकरण



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित तीन विधेयक आज प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले राहदानीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको तथा वनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक आज प्रमाणीकरण गर्नुभएको हो ।

संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश भएको सेफगाड्र्स, एन्टी (डम्पिङ तथा काउण्टरभेलिङ) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । राष्ट्रपतिले ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको हो ।