६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैकल्पिक सडक अनुगमन



अ+ अ-

भक्तपुर । मध्यपुरथिमि अस्पतालबाट खरिबोट हुँदै सूर्यविनायक नगरपालिका–५ दधिकोट गाम्चा जाने वैकल्पिक सडक निर्माण भएको छ । मध्यपुरथिमि नगरपालिका र दधिकोट जोड्ने हनुमन्ते खोलामा पुल निर्माण भएसँगै शुरु गरिएको उक्त सडकमा कालोपत्र गरिएको थियो ।सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतको पहलमा निर्माण भएको उक्त सडकको उनीसहितको टोलीले अनुगमनसमेत गरेको थियो ।

सङ्घीय सरकारको रु एक करोड र उपत्यका विकास प्राधिकरणको रु ५७ लाख गरी कूल रु एक करोड ५७ लाखको लागतमा उक्त सडक निर्माण गरिएको सांसद बस्नेतले जानकारी दिए ।सडकको दायाँबायाँ फुटपाथसहितको ११ मिटर चौडाइ तथा करीब ४०० मिटर लम्बाइ रहेको उक्त सडक निर्माणसँगै अब मध्यपुरथिमि शङ्खधरचोकबाट दधिकोट जान सहज भएको छ । थिमि–शङ्खधर चोकबाट दधिकोट जाँदा हरेक दिन सवारी साधान जाम हुने र केही महीनाअघि नयाँ पुल निर्माण गर्ने क्रममा अवरुद्ध सडकले यहाँका बासिन्दाले सास्ती पाए पनि अब भने यो वैकल्पिक सडकका कारण यात्रामा सहज भएको छ ।

मध्यपुर अस्पताल हुँदै दधिकोट हर्षचोक जोडिने उक्त सडकले थिमिबाट दधिकोट जाने दूरीसमेत घटाएको छ भने दशैँमा समेत ठेकेदारलाई काम गर्न लगाएर समयमै यो सडक निर्माण गरिएको र अब दुबैतर्फको फुटपाथ पनि अब छिट्टै निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको बताइएको थियो आइतबार उक्त सडक कालोपत्र भएसँगै त्यसको गुणस्तरसमेत परीक्षण गरी सांसद बस्नेतको नेतृत्वमा नेकपा जिल्ला अध्यक्ष बचन देउजा, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीसमेतको टोलीले सो सडक अनुगमन गरेको थियो ।