१६ असार २०८३, मंगलवार
,
Latest
स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसगँ गरिन् छलफल काठमाडौं केन्द्रित नार्कको काज प्रथामा अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने ९ दिनदेखि माइतीघरमा दृष्टिविहीनको आन्दोलन: रोजगारी वा बेरोजगार भत्ता माग कोशी प्रदेशसभा बैठक फेरि स्थगित, अब असार १८ गते बस्ने चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा जलवायु अनुकूलनमा नेपाललाई १ अर्ब ३३ करोड अनुदान, ६० हजार घरधुरी लाभान्वित रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल



अ+ अ-

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले मुलुकमा सुशासन, समृद्धि र भ्रष्टाचार अन्त्यका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच कार्यगत एकता तथा समान भावना आवश्यक रहेको बताउनुभएको छ।

६८औँ संसद दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले संविधानको पूर्ण पालना गर्दै राज्यका तीनै अङ्गबीच समन्वय र गतिशीलता कायम भए मात्र जनताले अपेक्षा गरेको परिणाम हासिल गर्न सकिने बताउनुभयो।

सभामुख अर्यालले जनजीविका, राष्ट्रियता, समृद्ध राष्ट्र निर्माण, सुशासन र भ्रष्टाचार नियन्त्रणका विषयमा सरकारलाई निरन्तर खबरदारी गर्न नागरिक समाज तथा सरोकारवालालाई आग्रह गर्नुभयो। उहाँले नेपाललाई बस्नलायक र अवसरयुक्त देशका रूपमा विकास गर्दै वैदेशिक रोजगारी तथा अन्य कारणले विदेशिएका नेपालीलाई स्वदेश फर्कने वातावरण सिर्जना गर्नु सबै पक्षको साझा दायित्व भएको उल्लेख गर्नुभयो।

उहाँले विकास र सुशासनका कामलाई अनावश्यक प्रक्रियागत जटिलतामा अल्झाउन नहुने भन्दै भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।

सभामुख अर्यालले अघिल्लो पुस्ताको अनुभव र नयाँ पुस्ताको प्रविधिमैत्री ज्ञान तथा नवीन सोचलाई एकीकृत गरेर मात्र मुलुकलाई तीव्र विकासको मार्गमा अघि बढाउन सकिने धारणा व्यक्त गर्नुभयो। अघिल्लो पुस्ताले लोकतान्त्रिक अभ्यास र उच्चस्तरको राजनीति गर्ने अवसर सिर्जना गरेको उल्लेख गर्दै उहाँले उनीहरूको अनुभवबाट सिक्दै नयाँ पुस्ताको क्षमता र सिर्जनशीलतालाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्ने बताउनुभयो।

उहाँले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको ‘स्पिड र स्पिरिट’ अर्थात् गति र भावना एकरूप भए मात्र जनताले चाहेको परिणाममुखी शासन सम्भव हुने उल्लेख गर्नुभयो। साथै संविधानको अक्षरशः पालना गर्दै कानूनी राज्यको अवधारणालाई कुनै पनि अवस्थामा कमजोर हुन नदिनुपर्नेमा उहाँले जोड दिनुभयो।

सभामुख अर्यालले नागरिकलाई जनप्रतिनिधिलाई प्रश्न गर्ने, सुझाव दिने र खबरदारी गर्ने अधिकार मात्र नभई जिम्मेवारी पनि रहेको उल्लेख गर्दै संसद र जनताबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको बताउनुभयो।