६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला भलिबल टोलीको बिदाइ



अ+ अ-

काठमाडौं । नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)को तयारीका लागि राष्ट्रिय महिला भलिबल टोली थाइल्याण्ड जाने भएको छ । अरुणा शाहीको कप्तानीमा रहेको २२ सदस्य नेपाली टोली वैदेशिक प्रशिक्षणका लागि भोलि त्यतसर्फ प्रस्थान गर्ने नेपाल भलिबल सङ्घले जनाएको छ ।

सङ्घद्वारा आज यहाँ आयोजित बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, आयोजक सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जीतेन्द्रबहादुर चन्द लगायतले बिदाइ गर्नुभयो । कार्यक्रममा राखेप सदस्य सचिव सिलवालले राखेपले भलिबल खेललाई महत्व दिँदै आएको भन्दै घरेलु मैदानमा नै आयोजना हुने १३औँ सागमा नेपालले पदक ल्याउने गरी तयारी गर्न भलिबल टोलीलाई आग्रह गर्नुभयो ।

उहाँले सागपछि नेपालमै भलिबल खेलको अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्ने तयारी राखेपले गरेको जानकारी दिनुभयो । त्यस्तै, भलिबल सङ्घका महासचिव चन्दले सागमा पदक भित्र्याउनका लागि पनि खेलाडीलाई अन्तर्राष्ट्रिय प्रशिक्षण आवश्यक हुने बताउनुभयो । साग आगामी मङ्सिर १५ देखि २४ गतेसम्म हुनेछ ।