१५ आश्विन २०८१, मंगलवार
,
Latest
नेपाल अमेरिकाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारी बाढीबाट पुल भासिँदा राजविराज भन्सारको राजस्व सङ्कलन प्रभावित बाढी–पहिरो र डुबान : मृतकको संख्या २ सय १७ पुग्यो मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछु : मन्त्री यादव मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन स्थलगत रिपोर्ट : सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति स्थलगत रिपोर्ट : राजमार्गमा दृष्य एक, पीडा अनेक बाढीपहिरो प्रभावितका लागि राहत कोषमा एक अर्ब उपलब्ध गराइने, तीन दिने राष्ट्रिय शोक घोषणा दाउन्नेमा बाटो भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बाढीले अस्तव्यस्त काठमाडौंलाई लयमा फर्काउने प्रयास (फोटो फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेस्रो राष्ट्रिय खुलामैत्री तेक्वान्दो शुक्रबारदेखि



अ+ अ-

चितवन । पूर्वी चितवनको रत्ननगरमा तेस्रो राष्ट्रिय खुलामैत्री तेक्वान्दो प्रतियोगिता हुने भएको छ । यही कात्तिक १ र २ गते रत्ननगर तेक्वान्दो, सरित सौराहा, न्यूस्टार, सौराहा, पिठूवा र इच्छाकामना डोजाङको संयुक्त आयोजनामा प्रतियोगिता गर्न लागिएको हो ।

आयोजकले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । सो प्रतियोगितामा पुरुषको २४ र महिलाको २२ गरी ४६ तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता मूल संयोजक पुष्पराज जोशीले जानकारी दिनुभयो । पुम्सेतर्फ पुरुषको चार र महिलाको चार गरी आठ विधामा प्रतिस्पर्धा हुनेछ ।

देशभरबाट ४०० खेलाडीको सहभागिता रहने सो प्रतियोगितामा ५४ स्वर्ण, ५४ रजत र १०८ कास्य गरी २१६ पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सिनियर पुरुषतर्फ छ र सिनियर महिलातर्फ चार तौल समूहमा प्रथम हुने खेलाडीबीच पुनः छनोट गरी सर्वोत्कृष्ट हुने तीन जना पुरुष र दुई जना महिला खेलाडीलाई जनही रु एक÷एक लाख पुरस्कारको व्यवस्था गरिएको जोशीले जानकारी दिनुभयो ।

यस्तै अन्य उत्कृष्ट खेलाडी, रेफ्री, प्रशिक्षक, उत्कृष्ट समूह र उत्कृष्ट तेक्वान्दो प्रदर्शनीलाई नगद रु २५÷२५ हजार पुरस्कार प्रदान गरिने छ । विजेता खेलाडी अमेरिकाको इस्टन मिसिगन विश्वद्यिालयमा सन २०२० को मे १ र २ मा हुने १३ औँ अन्तर्राष्ट्रिय खुलामैत्री तेक्वान्दो प्रतियोगिताका लागि छनोट हुनेछन् । प्रतियोगिताको राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।