९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव



अ+ अ-

काठमाडौं । सवारीसाधनमा जडान गरिएका कालो सिसा हटाउने अभियानका विषयमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच विस्तृत छलफल भएको छ।

असार १५ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी कालो सिसा हटाउने अभियानका विभिन्न पक्षमा छलफल गरेको हो।

छलफलका क्रममा प्रमुख काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासअनुसार अनुमति नलिई प्रयोग गरिएका कालो सिसा भएका सवारीसाधन विभिन्न आपराधिक गतिविधिमा प्रयोग हुने गरेको भन्दै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कालो सिसा हटाउने अभियान सञ्चालन गरिएको जानकारी दिए।

उनले सवारीसाधनको अगाडिको सिसामा कालो फिल्म वा कुनै पनि प्रकारका स्टिकर टाँस्न नपाइने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै सवारी आयातकर्ताले पनि ग्राहकलाई यसबारे स्पष्ट जानकारी गराउनुपर्ने बताए। साथै, कालो सिसा प्रयोग गर्न सरकारी अनुमति अनिवार्य रहेको र उत्पादक कम्पनीबाटै कालो सिसा जडान भएका सवारी आयात नगर्न पनि उनले आग्रह गरे।

नाडाका अध्यक्ष उप्रेतीले हाल अधिकांश सवारीमा कालो फिल्म (स्टिकर) प्रयोग भएकाले पहिलो चरणमा त्यस्ता स्टिकर हटाउने कार्यलाई प्राथमिकता दिन उपयुक्त हुने सुझाव दिए।

त्यस्तै, नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले उत्पादक कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारीसाधनको संख्या धेरै नरहेको भन्दै तथ्यांक यकिन गरी त्यसको व्यवस्थापन गर्न सकिने धारणा राखे।

ट्राफिक प्रहरी कार्यालयको लिखित अनुरोधपछि आयोजित उक्त छलफलमा नाडाका उपाध्यक्ष अभिक ज्योतिलगायतको पनि सहभागिता रहेको थियो।