९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

२५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने



अ+ अ-

काठमाडौं । शेयर कारोबारमा २५ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्रीमा थप १ प्रतिशत शुल्क लगाउने प्रस्ताव सरकारले फिर्ता लिने भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्तावित कम्पनी ऐन, २०८३ को मस्यौदामा समावेश गरिएको उक्त व्यवस्था हटाउने प्रक्रिया अघि बढाएको हो। मस्यौदा सार्वजनिक भएपछि लगानीकर्ता तथा सरोकारवालाबाट चर्को विरोध भएपछि मन्त्रालयले सो प्रस्ताव नै हटाउने निर्णय गरेको जनाएको छ।

प्रस्तावित कम्पनी ऐनको दफा ८९ मा २५ लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको सेयर हस्तान्तरण वा खरिद–बिक्री गर्दा कम्पनी रजिस्ट्रारको कार्यालयमा अभिलेख गर्ने क्रममा हक प्राप्त गर्ने व्यक्तिले सेयर हस्तान्तरण शुल्कस्वरूप १ प्रतिशत रकम बुझाउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको थियो।

उक्त व्यवस्थाले शेयर बजारमा अतिरिक्त आर्थिक भार पर्ने, लगानी निरुत्साहित हुने तथा पूँजी बजारको विकासमा नकारात्मक असर पर्ने भन्दै व्यापक आलोचना भएको थियो। त्यसपछि मन्त्रालयले विवादित व्यवस्था हटाउने प्रक्रिया अघि बढाएको हो।