१३ असार २०८३, शनिबार
,
Latest
केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशन: बागमती प्रदेशको मतपरिणाम सार्वजनिक



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (बागमती प्रदेश)को मतपरिणाम सार्वजनिक भएको छ ।

गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक गरिएको मतपरिणामअनुसार बागमती प्रदेशबाट ध्यानगोविन्द रञ्जित ९२,४१९० र राजेन्द्रकुमार केसी ९२,१२९० मत ल्याई केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।

यस्तै धुब्रप्रसाद अधिकारीले दुई हजार १११०, रमेशप्रसाद धमलाले एक हजार ६८४०, निमा ग्याल्जेन शेर्पा ३७५ र मनोज रानाले २४५ मत प्राप्त गर्नुभयो । यसैगरी केन्द्रीय सदस्य (बागमती प्रदेश) महिलातर्फ उर्मिला नेपाल केसी दुई हजार ३४९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । 

यस्तै विष्णुदेवी पुडासैनीले एक हजार ६७० र कृष्णा अमात्यले ५५१ मत प्राप्त गर्नुभएको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।