१२ असार २०८३, शुक्रबार
,
Latest
काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि



अ+ अ-

काठमाडौं । मधेस प्रदेशसभामा प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकमाथि यही असार १७ गतेदेखि छलफल हुने भएको छ ।

विनियोजन विधेयकमाथिको छलफलका लागि यही असार १७ गतेका लागि प्रदेशसभा अधिवेशन आह्वान गर्ने तयारी भएको सभामुख रामअशिष यादवले जानकारी दिनुभयो ।

मधेस प्रदेश सरकारले आगामी आव २०८३/८४ का लागि रु ४१ अर्ब १३ करोड ८६ लाख बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभाको बैठकमा आगामी आव २०८३/८४ मा कृषि नवप्रर्तन, उद्यमशीलता प्रवद्र्धन, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै रु ४१ अर्ब १३ करोड ८६ लाखको बजेट प्रस्तुत गर्नुभएको थियो ।