१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा रास्वपाको उपसभापति पदमा सोबिता र तोसिमाबीच प्रतिस्पर्धा आँधीले जापानमा उडान प्रभावित रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री (खुला) पदका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

पार्टीको निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार रमेश प्रसाईंसहित यज्ञमणि न्यौपाने, शुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्तले उम्मेदवारी दर्ता गराएका प्रमुख निर्वाचन आयुक्त भुवन केसीले जानकारी दिए।

रास्वपाको विधानअनुसार सहमहामन्त्री (खुला) पदमा दुई जना निर्वाचित हुने व्यवस्था रहेको छ। उम्मेदवारहरू ती दुई पदका लागि प्रतिस्पर्धामा उत्रिएका छन्।