१२ असार २०८३, शुक्रबार
,
Latest
यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान



अ+ अ-

काठमाडौँ। संयुक्त राष्ट्र संघ र इथियोपियाका विज्ञहरूले अफ्रिकामा निरन्तर बढ्दै गएको साइबर सुरक्षा चुनौतीहरूको सामना गर्न कृत्रिम बुद्धिमत्ता (एआई) का सरोकारवालाहरूबीच थप गहिरो सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

इथियोपियाको राजधानी अदिस अबाबामा बुधवार आयोजित साइबर सुरक्षा र कृत्रिम बुद्धिमत्ता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै अफ्रिकाका लागि संयुक्त राष्ट्र संघीय आर्थिक आयोग (ईसीए) की उप–कार्यकारी सचिव मामा केइटाले अफ्रिकी महादेशमा साइबर खतरा पहिचान र विशाल डाटाबेसको विश्लेषणका लागि सुदृढ एवं नवीन एआई समाधानहरू भित्र्याउन आवश्यक रहेको बताउनु भयो ।

साइबर अपराधीहरूले स्वचालित आक्रमण गर्न र गलत सूचना प्रवाह गर्न एआईको दुरुपयोग गरिरहेकोतर्फ सचेत गराउँदै उहाँले सुरक्षित डिजिटल अफ्रिका सुनिश्चित गर्न अफ्रिकी सरकार, नीति निर्माता, अन्वेषक, उद्योगका नेतृत्वकर्ता र विकास साझेदारहरूबीच साझा कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा इथियोपियाको सूचना नेटवर्क सुरक्षा प्रशासनकी महानिर्देशक टिगिस्ट हमिदले डिजिटल रूपान्तरण र एआईले असाधारण अवसरहरू सिर्जना गरे पनि यसका चुनौतीहरू उत्तिकै जटिल र सीमाविहीन रहेको बताउनु भयो ।

हमिदकाअनुसार इथियोपियाले विगत दुई दशकमा सुरक्षित र लचिलो डिजिटल प्रणाली निर्माणका लागि उल्लेखनीय प्रगति गरेको छ । यस अन्तर्गत सुरक्षा अपरेसन केन्द्रहरू, साइबर घटना प्रतिक्रिया प्रणाली र निरन्तर निगरानी ढाँचाहरू सहितको व्यवस्थित साइबर रक्षा संयन्त्र स्थापना गरिएको छ ।

इथियोपियाली साइबर सुरक्षा संघ र ईसीएद्वारा आयोजित दुई दिने यस सम्मेलनले साइबर सुरक्षा सुदृढ गर्न, डिजिटल विश्वास अभिवृद्धि गर्न र अफ्रिकाको दिगो विकास एवं समृद्धिका लागि प्रविधिको रूपान्तरणकारी शक्तिको उपयोग गर्ने लक्ष्य राखेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल