११ असार २०८३, बिहीबार
,
Latest
एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा पहिलो चरणको मतदान सकिएको छ।

बिहीबार मध्याह्न साढे १२ बजे मतदान सकिएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। आयोग मध्याह्न १२ बजेसम्म मतदान गर्ने समय तोकेको थियो।

गए राति १२ बजेदेखि मतदान सुरु भएको थियो। रास्वपा महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए।

रास्वपा विधानअनुसार, पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यका लागि निर्वाचन हुन्छ। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका थिए भने केन्द्रीय सदस्यका लागि मतदान भएको हो।

नवनिर्वाचित केन्द्रीय सदस्यबाटै पदाधिकारी चयन गर्ने व्यवस्था रहेको छ। केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएपछि पदाधिकारी निर्वाचन प्रक्रिया सुरु हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।