१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई

धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित

धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित
अ अ+ अ-

म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु ४८ करोड ५२ लाख तीन हजारको बजेट पारित गरेको छ ।

गाउँपालिकाको केन्द्र मुनामा आज सम्पन्न २६ औँ गाउँसभामा उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गर्नुभएको बजेट सभाले पारित गरेको हो । बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार र रोजगारीलाई समृद्ध धौलागिरि निर्माणको आधारका रूपमा अघि सारेको छ ।

गाउँपालिकाका सबै बस्तीलाई सडक सञ्जालसँग जोड्ने, सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने, खानेपानी, सिँचाइ र ग्रामीण विद्युतीकरणका अधुरा आयोजना सम्पन्न गर्ने तथा पर्यटन र उद्यमशीलता प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गर्ने विषयलाई समेटिएको अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

पूर्वाधार विकासतर्फ रु ११ करोड ६५ लाख विनियोजन गरिएको छ । यसअन्तर्गत भेडीखाल्टा गाउँलाई सडक सञ्जालमा जोड्न रु एक करोड छ लाख, निर्माणाधीन गाउँपालिका प्रशासकीय भवन सम्पन्न गर्न रु एक करोड ५० लाख, हेम माध्यमिक विद्यालयमा दशकोठे भवन निर्माणका लागि रु ५० लाख तथा गाउँपालिका क्षेत्रका सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउन सडक सरसफाइ शीर्षकमा रु एक करोड विनियोजन गरिएको छ ।

त्यसैगरी लुलाङ–गुर्जा सडक स्तरोन्नतिका लागि प्रदेश र गाउँपालिकाको साझेदारीमा रु एक करोड बजेट व्यवस्था गरिएको छ । ताकम ढल व्यवस्थापन योजनाका लागि रु एक करोड र ताकम माविको छात्रावास भवन निर्माणका लागि रु ४० लाख बिनियोजन भएको छ ।

आर्थिक विकासतर्फ रु एक करोड चार लाख, सामाजिक विकासतर्फ रु २२ करोड २४ लाख ६० हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु ८५ लाख तथा संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ रु १२ करोड ७३ लाख ४३ हजार विनियोजन गरिएको छ ।

सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय तथा सञ्चित कोषको नगद मौज्दातलाई स्रोतका रूपमा उपयोग गरी बजेट कार्यान्वयन गरिने प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले बताउनुभयो ।

धौलागिरिले पूर्वाधार विस्तारसँगै कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार र डिजिटल प्रविधिमैत्री सेवा प्रवाहलाई समेत बजेटको प्राथमिकतामा राखेको जनाएको छ । रासस