१० असार २०८३, बुधबार
,
Latest
धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल… रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ड्युटीका क्रममा सवारी चालक तथा अन्य सेवाग्राहीसँग हात नमिलाउन मातहतका ट्राफिक प्रहरी कर्मचारीलाई निर्देशन दिएको छ।

कार्यालयले मंगलबार ट्राफिक प्रहरी परिसर, वृत्त, प्रभाग तथा पोस्टहरूलाई सर्कुलर जारी गर्दै यस्तो निर्देशन दिएको हो।

सर्कुलरमा चेकजाँच तथा अन्य ड्युटीका क्रममा ट्राफिक प्रहरीले सवारी चालक र सेवाग्राहीसँग हात मिलाएका दृश्यबारे सामाजिक सञ्जाल तथा आम नागरिकबाट विभिन्न गुनासा प्राप्त भइरहेको उल्लेख गरिएको छ।

उक्त गुनासालाई ध्यानमा राख्दै अबदेखि कुनै पनि ट्राफिक प्रहरी कर्मचारीले ड्युटीको समयमा सवारी चालक वा अन्य सेवाग्राहीसँग हात मिलाउने कार्य पूर्ण रूपमा त्याग्नुपर्ने निर्देशन दिइएको छ।

त्यसको सट्टा सम्मान प्रकट गर्न टाढैबाट नमस्कार गर्ने तथा गराउने व्यवस्था अपनाउन भनिएको छ।
यो निर्देशन प्रहरी उपरीक्षक नरेशराज सुवेदीको हस्ताक्षरमा जारी सर्कुलरमार्फत सबै सम्बन्धित इकाइमा पठाइएको कार्यालयले जनाएको छ।