९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट



फाइल फोटो
अ+ अ-

काठमाडाैँ । कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र चौरजहारी यातायात कार्यालयबाट चालु आर्थिक वर्षको ११ महिनामा रु ३१ करोड २३ लाख ५१ हजार ८७० राजस्व सङ्कलन भएको छ ।

प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले सबैभन्दा धेरै यातायात व्यवस्था कार्यालय सुर्खेतले ११ महिनामा रु २६ करोड ७० लाख १५ हजार ३४४ राजस्व जम्मा गरेको बताउनुभयो ।

रुकुम–पश्चिमको चौरजहारीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले रु तीन करोड पाँच लाख ६३ हजार ३२१ राजस्व जम्मा गरेको छ भने यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले रु एक करोड ४७ लाख ७३ हजार २०५ राजस्व जम्मा गरेको प्रवक्ता सुवेदीले बताउनुभयो ।

कर्णालीमा यातायातका साधन नै करको मुख्य स्रोत मानिएको छ । कुल राजस्वको झण्डै ८० प्रतिशत हिस्सा सवारीसाधन करले ओगटेको छ । सवारीसाधन कर शीर्षकमा मात्रै जेठ मसान्तसम्म रु २४ करोड ९७ लाख बराबर सवारीसाधन कर जम्मा भएको थियो । सुर्खेतले रु २१ करोड ५६ लाख ९३ हजार, चौरजहारीले रु दुई करोड ६६ लाख ५१ हजार र जुम्लाले रु ७३ लाख ६५ हजार सङ्कलन गरेका छन् ।